PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • पत्नीको हत्या अभियोगमा पति र सासू पक्राउ

    पर्सा : पत्नी हत्याको अभियोगमा पर्सा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ।    पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका पति परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो।   बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि मण्डल र सासू गदनी देवीलाई आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • महतो भन्छन् : नयाँ सरकारमा सहभागी हुन्नौं

    विराटनगर : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन्।       पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पारे। “जबसम्म संविधान संशोधन र प्रदेशको पुनःसंरचना हुँदैन, तबसम्म स्थानीय निकायको निर्वाचन मोर्चालाई मान्य हुँदैन” –अर्काे प्रसङ्गमा उनले भने।       उनले सीमाङ्कन आयोगले तराईमा रहेका ५१ प्रतिशत जनताका लागि  १८८…

    विस्तृतमा पढ्नुस्

  • बहुमतबाट सरकार गठन प्रकृया थाल्न राष्ट्रपतिलाई दलहरुको सुझाव

    बहुमतबाट सरकार गठन प्रकृया थाल्न राष्ट्रपतिलाई दलहरुको सुझाव

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि पुनः मौखिक आग्रह गरेकी छिन्।   सहमतीय सरकार गठनका लागि तोकिएको समयसीमा आज सकिनै लाग्दा राष्ट्रपति भवन शीतल निवासमा प्रमुख दलका नेतासँगको भेटमा राष्ट्रपति भण्डारीले यस्तो आग्रह गरेकी हुन्। राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • माओवादी नेता नारायणकाजी भन्छन्- 'सहमतिको सरकार बन्ने सम्भावना न्युन’

    माओवादी नेता नारायणकाजी भन्छन्- 'सहमतिको सरकार बन्ने सम्भावना न्युन’

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्युन रहेको बताएका छन्।   गोरखा समाज सेवा केन्द्र काठमाडौंको ११ औँ साधारणसभा एवम् आठौं अधिवेशनका क्रममा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको औंल्याए। 'प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ,' उनको भनाइ थियो।   नेता श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्

  • ​वर्षाले भक्तपुरका भूकम्पपीडितको बिचल्ली, शिविरमा पानी चुहिएपछि ओछ्यान सम्हाल्नै मुस्किल

    ​वर्षाले भक्तपुरका भूकम्पपीडितको बिचल्ली, शिविरमा पानी चुहिएपछि ओछ्यान सम्हाल्नै मुस्किल

    भक्तपुर : भक्तपुर नगरपालिका–५ याछेंका घर भूकम्पले भत्काएपछि देकोचास्थित शिविरमा बस्दै आएका पञ्चनारायण सितिखुको परिवार लगातारको झरीले बिचल्लीमा परेका छन्।   लगातार पानी परेपछि सितिखुको परिवार जस्तै भक्तपुर नगरपालिका वडा नं ४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका २५० भन्दा बढी परिवार बस्दै आएका देकोचास्थित शिविरका पीडितको दैनिकी निकै कष्टकर बन्दै गएको छ।…

    विस्तृतमा पढ्नुस्

  • झापामा बस दुर्घटना : १२ जना घाइते, एक वृद्धको अवस्था गम्भीर

    दमक : झापाको दमक–चिया बगान सडकखण्डको बेतनी कल्भर्टमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।   घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ। काँकडभिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका हुन्।     बिहान ७:३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी…

    विस्तृतमा पढ्नुस्

  • ​आजदेखि एसएलसी 'ग्रेडवृद्धि' परीक्षा, 'डी' र 'ई' ल्याउने एक लाख ४७ हजार सहभागी

    ​आजदेखि एसएलसी 'ग्रेडवृद्धि' परीक्षा, 'डी' र 'ई' ल्याउने एक लाख ४७ हजार सहभागी

    भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ।   परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमिततर्फ एक लाख ८ हजार ३२६ र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५ सय ८३ जना सहभागी भएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक : प्रम ओली

    छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक : प्रम ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि छिमेकीले नेपालमाथि आफ्ना स्वार्थ लाद्न खोज्न नहुने बताएका छन्।   मदन भण्डारी फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कुनै मुलुक नेपालमा धर्मनिरपेक्ष होस् भन्ने चाहने र कुनैले धर्मसापेक्ष गराउने कोसिस गरिरहेको बताए।   उनले भने – ‘‘नेपाल कस्तो धर्म…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षे बालकलाई म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

    गौशाला : महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक ५५ वर्षीय रामकिशोर साह रहेका छन्। उनी जिल्लाकै सरपल्लो गाविस–२ निवासी हुन्।   प्रहरीका अनुसार २०७३ जेठ ६ गते दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा ६ वर्षीय सर्वेशलाई क्षयरोग लागेपछि स्वास्थ्य चौकी श्रीपुर लगिएको…

    विस्तृतमा पढ्नुस्

  • एनसेललाई पुँजीगत लाभकर तिराउन व्यवस्थापिका संसदको अर्थ समितिको निर्देशन

    एनसेललाई पुँजीगत लाभकर तिराउन व्यवस्थापिका संसदको अर्थ समितिको निर्देशन

    काठमाडौँ : व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पुँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ।   समितिको आजको बैठकले विगतमा आफ्नो सञ्चित मुनाफामा अधिकतम वृद्धि गरेको र पटक पटक एनसेल बिक्री तथा स्वामित्व समेत परिवर्तन भएको सन्दर्भमा पुँजीगत लाभकर तिर्नैपर्ने अवस्था रहे पनि अटेर गर्दै आएकाले तत्काल उक्त…

    विस्तृतमा पढ्नुस्

  • पहिरो झरेपछि ​नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    पहिरो झरेपछि ​नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    रत्ननगर (चितवन) : चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो। पहिरोले सडक अवरुद्ध भएपछि नारायणगढदेखि काठमाडौं जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन्।   पानी पर्ने क्रम…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकीमा बाढी उर्लिँदा ७६ रोपनी खेत बग्यो, किसान भन्छन्- 'अब के खानु?'

    रामपुर (पाल्पा) : अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ।   नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा र बगाउँदा किसान चिन्तामा परेका छन्।   रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा ८ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • बोलबम मेलाका लागि हिँडैका तीन किशोरको अवस्था अझै अज्ञात

    बर्दिवास : कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीन जना किशोर अझै भेटिएका छैनन्।   गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका उनीहरु अझै नभेटिएपछि परिवार र गाउँलेमा चिन्ता छाएको छ।   भोलिपल्टको सोमबारको बोलबम मेलामा बर्दिवास–१२ को टुटेश्वर महादेव मन्दिरमा पवित्र जल चढाउने उद्देश्यले आइतबार उत्तरायणी गएका बर्दिवास–१ का १७ वर्षीय सुरज…

    विस्तृतमा पढ्नुस्

  • साउनभित्रै साझाका थप ३० बस भित्रिने, अपांगमैत्री बसमा अत्याधुनिक सुविधा

    साउनभित्रै साझाका थप ३० बस भित्रिने, अपांगमैत्री बसमा अत्याधुनिक सुविधा

    काठमाडौं : साझा यातायातले थप ल्याउन लागेका ३० वटा बसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।   काठमाडौं महानगरपालिकाको रु १० करोड सेयर लगानीमा साझाले भारतबाट ल्याउन लागेका थप नयाँ ३० बस निर्माण भइसकेको र अबको केही दिनमा नेपाल आइसक्ने साझा यातायातका कामु कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए।   प्रमुख पाण्डेका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको…

    विस्तृतमा पढ्नुस्

  • ​डिएफआइडीद्वारा झन्डै साढे चार अर्ब अनुदान सहयोग

    काठमाडौँ : संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न रु चार अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ।   सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे।   कार्यक्रमअन्तर्गत प्राविधिक एवम् प्रत्यक्ष वित्तीय सहायता उपलब्ध गराई सीप…

    विस्तृतमा पढ्नुस्

  • ​प्रकाश मानवअधिकार पुरस्कार साफीलाई

    काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विसं २०७२ को ‘प्रकाश मानवअधिकार पुरस्कार’ मानव अधिकारकर्मी मौलाना अब्दुल जब्बर साफीलाई प्रदान गर्ने भएको छ।   नेपालगन्ज निवासी साफीले चारदशकदेखि सामाजिक सद्भाव कायम गर्न, मानवअधिकार र सामाजिक न्यायका लागि क्रियाशील हुँदै आएबापत इन्सेकले सो सम्मान उनलाई अर्पण गर्ने निर्णय गरेको हो।   इन्सेकका पाँचै विकास क्षेत्रका कार्यालयबाट सिफारिस भई आएकामध्ये उनलाई चयन…

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणका लागि रु २० अर्बको अख्तियारी

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्तास्वरुप अनुदान रकम उपलब्ध गराउने गरी २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ।   प्राधिकरणका अनुसार चार लाख ७४ हजार ४४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ।   उक्त रकम  स्थानीय विकास…

    विस्तृतमा पढ्नुस्

  • दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध

    खोटाङ : लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन्।   साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए।   वर्षायाम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे…

    विस्तृतमा पढ्नुस्

  • १० दिनदेखि लगातार पहिरो खस्न थालेपछि गाउँले घर छोड्न बाध्य, ५० परिवार उच्च जोखिममा

    बेनी (म्याग्दी) :  म्याग्दीको भकिम्ली–९ तोराखेतबाट साउन ४ गतेदेखि खस्न सुरु गरेको पहिरो अझै रोकिएको छैन। निरन्तर पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ बगरफाँटका बासिन्दा रातमा घर छोडेर आफन्तकहाँ बस्न बाध्य भएका छन्।   गाउँको सिरानमा रहेको भकिम्ली गाविसको तोराखेतको भीरबाट १० दिनदेखि लगातार खसेको पहिरोका कारण बगरफाँटका बासिन्दा त्रसित बन्नुका साथ सोही दिनदेखि खानेपानीको समस्याबाट समेत पीडित बनेका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • ​पूर्व राजपरिवारका जग्गा भाडामा लगाइने

    काठमाडौँ : लामो सयमपछि नेपाल ट्रष्ट कार्यालयलाई पूर्व राजपरिवारको नाममा रहेका जग्गा, जमिन तथा घरलाई  संरक्षण गर्दै भाडामा लगाई आयआर्जन गर्न बाटो खुला भएको छ।   ट्रष्ट स्थापनाको करिब नौ वर्षपछि सो कार्यालयले  आफ्नो विनियमावली तयार गरी कार्यान्वयनमा ल्याएपछि सो कार्यका लागि मार्ग प्रशस्त भएको हो। विनियमावलीको अभावमा ट्रष्टलाई आफ्नो नाममा आएका पूर्व राजपरिवारका सम्पत्ति जग्गा, जमिन तथा घरलाई संरक्षण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell