PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

माओवादी नेता नारायणकाजी भन्छन्- 'सहमतिको सरकार बन्ने सम्भावना न्युन’



रासस

माओवादी नेता नारायणकाजी भन्छन्- 'सहमतिको सरकार बन्ने सम्भावना न्युन’

काठमाडौं :  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना न्युन रहेको बताएका छन्।
 
गोरखा समाज सेवा केन्द्र काठमाडौंको ११ औँ साधारणसभा एवम् आठौं अधिवेशनका क्रममा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा एकता भएजस्तै कार्यान्वयनमा एकताको खाँचो रहेको औंल्याए। 'प्रमुख दलबीच सरकारमा सहमति हुन नसके पनि एजेन्डामा सहमति गर्नेतर्फ लाग्नुपर्छ,' उनको भनाइ थियो।
 
नेता श्रेष्ठले संविधान कार्यान्वयन, सङ्घीय, प्रान्तीय, स्थानीय तहको निर्वाचन, शान्ति प्रक्रियाको काम र भूकम्पको पुनःनिर्माणको कामलाई पूरा गरी मुलुकलाई विकासको बाटामा अगाडि लैजानु मुख्य चुनौती भएको उल्लेख गरे।

गोरखाभित्रका पर्यटकीय क्षेत्रको पहिचान, जलविद्युत् आयोजनाको निर्माण, कृषि क्षेत्रको विकास, जडीबुटीको पहिचान गरेर मात्र त्यहाँको विकास गर्न सकिने उनले  स्पष्ट पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell