PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

६ वर्षे बालकलाई म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ



रासस

गौशाला : महोत्तरीको श्रीपुर गाविसमा क्षयरोगका बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक ५५ वर्षीय रामकिशोर साह रहेका छन्। उनी जिल्लाकै सरपल्लो गाविस–२ निवासी हुन्।
 
प्रहरीका अनुसार २०७३ जेठ ६ गते दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा ६ वर्षीय सर्वेशलाई क्षयरोग लागेपछि स्वास्थ्य चौकी श्रीपुर लगिएको थियो। उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन दिएका थिए।
 
रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको पत्ता लागेको थियो। बिरामीका बुबा सन्तोषले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भनी प्रहरीलाई उजुरी गरेपछि अहेबलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए।
 
स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्याबलेट बरामद समेत गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell