PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

​आजदेखि एसएलसी 'ग्रेडवृद्धि' परीक्षा, 'डी' र 'ई' ल्याउने एक लाख ४७ हजार सहभागी



रासस

​आजदेखि एसएलसी 'ग्रेडवृद्धि' परीक्षा, 'डी' र 'ई' ल्याउने एक लाख ४७ हजार सहभागी

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ।
 
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमिततर्फ एक लाख ८ हजार ३२६ र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५ सय ८३ जना सहभागी भएको जानकारी दिए।
 
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात ग्रेडवृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको थियो। परीक्षा २१ गतेसम्म सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell