काठमाडौँ : नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सबैको शव परीक्षणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याई पोस्टमार्टम गरिएको छ। फिस्टेल एयरकै अर्को हेलिकप्टरमार्फत सबै शव शिक्षण अस्पताल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। दुर्घटनामा हेलिकप्टर चालकसहित सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा क्याप्टेन रन्जन लिम्बू, यात्रुहरु कितमान गुरुङ, आसामी गुरुङ, प्रिती…
चितवन : तीन दिनअघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुई जना अझै बेपत्ता छन्। भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गएको शनिबार साँझ पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–४ घर भएका चिकित्साशास्त्रका विद्यार्थी दीपक काफ्ले र कन्चनपुर जिल्लाको महेन्द्रनगरका डा. पुकार खरेल छन्। काफ्ले भरतपुर मेडिकल कलेजमा बिडिएस अन्तिम वर्षमा अध्ययनरत र डा. खरेले…
मलेखु (धादिङ) : पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नम्बरको मोटरसाइकललाई काठमाडौँबाटै चितवन जाँदै गरेको ना५ख ७२७८ को माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको ज्यान गएको हो। दुर्घटनामा चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमै र पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालको…
सुशील दर्नाल - काठमाडौँ : पत्रकारिता क्षेत्रलाई स्वतन्त्र, सक्षम र मर्यादित बनाउन प्रेस काउन्सिल नेपालले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको छ। पत्रकारिता व्यवसाय नै नगर्नेहरुले पनि प्रेस अनुमतिपत्र लिई दुरुपयोग गर्ने गरेको विडम्बनापूर्ण स्थितिमा काउन्सिलले मङ्सिर पहिलो सातादेखि पुराना पत्रकारको व्यावसायिक अभिलेखीकरण गर्ने र पत्रकारिता व्यवसाय गर्न चाहने नयाँ व्यक्तिका लागि योग्यता परीक्षण एकैसाथ गर्ने योजना बनाएको हो। योग्यता परीक्षणका…
काँकडभिट्टा (झापा) : बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण एकैचोटि बिरामी भएका छन्। बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि उनीहरुलाई बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ। इन्स्टिच्युटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखापरेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताइन्। हस्पिटलको आकस्मिक…
फलेवास (पर्वत) : पर्वत सदरमुकाम कुश्मा बजारस्थित बसपार्कमा रोकिराखेका बसमा गएराति आगजनी भएको छ। शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका तीन वटा बसमा आगजनी भएको हो। ग१ख ४९३६, ना४ख ९०३७, र ध१ख ५६९ नम्बरको बसमा आगजनी हुँदा लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालयबाट गएको ३० जनाको प्रहरी टोली, स्थानीय…
गाईघाट : मेशिन बिग्रेका कारण उदयपुर जिल्लाको जलजलेमा रहेको देशकै ठूलो सिमेन्ट उद्योग फेरि बन्द हुन पुगेको छ। उदयपुर सिमेन्ट उद्योगको सिमेन्ट पिस्ने मिलको गियरचैन बिग्रेपछि झन्डै दुई हप्तादेखि सिमेन्ट उद्योग पूर्णरुपमा बन्द हुँदा सिमेन्ट उत्पादन कार्य ठप्प हुन पुगेको उद्योगका कर्मचारीले बताए। दुई हप्तादेखि उद्योगबाट सिमेन्ट उत्पादन कार्य बन्द हुँदा अहिलेसम्म झन्डै उद्योगले रु १० करोडको घाटा…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको छ। भेटवार्ताका क्रममा राजदूत टेप्लिजसले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गरेकी थिइन्। साथै उनले नेपालको…
काठमाडौँ : नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन्। मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन्। दाहाल यही साउन १९ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। रासस
पथरी : नेपाल प्रहरीको पूर्व क्षेत्रीय अनुसन्धान ब्युरोले अपहरित बालिका स्पर्श अग्रवाललाई आज बिहान सकुशल अपहरणमुक्त गराएको छ। पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार प्रहरीले मोरङको पथरीबाट चार वर्षीया बालिकालाई सकुशल अपहरण मुक्त गरेको हो। भारतको बिहारबाट अपहरणमा परेकी बालिकालाई चार दिनअघि बालिका स्कुलबाट घर फर्कंदै गर्दा अपहरणमा परेकी थिइन्। प्रहरी…
काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्का विभिन्न दलले संविधानको कार्यान्वयन र समयमा विभिन्न तहको निर्वाचन सम्पन्न गर्न सुझाव दिएका छन्। आजको बैठकमा दाहाललाई बधाई र शुभकामना दिँदै नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सबैले मिलेर बनाएको संविधान कार्यान्वयन गर्दा पनि राष्ट्रिय सहमतिको वातावरण तयार गर्नुपर्नेमा जोड दिए। एमाले मुलुकको हितको विषयमा जिम्मेवार प्रतिपक्षमा रहेर पनि साथमा रहने…
काठमाडौँ : तराई मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिअनुसार संविधान संशोधन नभएसम्म आफूहरु सरकारमा नजाने बताएका छन्। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यवस्थापिका–संसद्को बैठमा आज बधाई र शुभकामना दिँदै उनले तीनबुँदे सहमतिका आधारमा प्रधानमन्त्रीका पक्षमा मत हालेको जनाउँदै नयाँ सरकार बने पनि आफूहरुको लक्ष्य पूरा नभएको बताए। उनले सीमाङ्कनसम्बन्धी मुद्दा सम्बोधन नभएसम्म…
काठमाडौँ : ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत नेपालका तीन खेलाडीले भोलि खेल खेल्दैछन्। आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन्। पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ। उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ। यसअघि मोक्तान शनिबार भएको खेलमा ६०७ स्कोर जोड्दै ६० औँ स्थानमा रहेका थिए। ३६ वर्षीय…
काठमाडौँ : प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइँदैछ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको…
पूर्णप्रसाद मिश्र - काठमाडौँ : काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोटको सङ्गमस्थल चिसापानीमा गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि सार्वजनिक जग्गा मिचेर खोलिएका ‘रिसोर्ट’ डोजर लगाएर भत्काइएको छ। निकुञ्जको जग्गा मिचेर होटल र ‘रिसोर्ट’ खोल्नेको सङ्ख्या बढेपछि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले वैशाख १२ गते सार्वजनिक सूचना प्रकाशित गरी ३५ दिनभित्र खाली गर्न अनुरोध गरेको थियो। जेठ २ गते निकुञ्जको जग्गा मिचेका…
कृष्णराज गौतम काठमाडौँ : पशुपतिशमशेर राणाको नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता घोषणा गर्ने तयारी भए पनि अन्तरिम विधान निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन। यही साउन २५ गते दुवै पार्टीको एकीकरण घोषणा गर्ने तयारी छ। एकीकरणपछि दुवै पार्टीका शीर्ष नेता, पदाधिकारी तथा दुवै पार्टी निकट जनवर्गीय सङ्गठनका साथै कार्यकर्तालाई व्यवस्थापन गर्न नयाँ विधानको आवश्यकता छ। …
काठमाडौँ : ‘तीनकुने शान्ति मण्डला’ निर्माणको काम चीनको छेन्दु नगरपालिकाले गर्ने भएको छ। नगरलाई थप सुन्दर, हरियाली र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले तीनकुनेमा शान्ति मण्डला बनाउन लागिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। कार्कीका अनुसार छेन्दु नगपालिकाका मेयरले कुनै एउटा परियोजनामा लगानी गर्ने चासो देखाएपछि कामपाले उक्त मण्डला निर्माणको जिम्मा दिन तयार भएको हो।…
काठमाडौँ : सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न आज अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। आदेशमा…
कपिलवस्तु : घरको छत भत्केर गएराति एकै घरका तीन जनाको मृत्यु भएको छ। कपिलवस्तुको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किँदा तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द, छोरीहरु २४ वर्षीया सत्यावती र १४ वर्षीया चन्द्रावती रहेको प्रहरीले जनाएको छ। सो घटनामा अरविन्दको घटनास्थलमै र अरु दुईको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा…
भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन्। आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नवौं स्मृतिदिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले भने, 'पदको भागबन्डा गर्ने होइन। व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा मन्त्री छानिनुपर्छ।' पार्टीभित्र सहमति गरेर मात्रै वरिष्ठता, मर्यादा र हैसियतका आधारमा मिलाएर लानुपर्ने उनले बताए।…