PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कांग्रेस नेता केसीले भने- 'मैले जनताको सेवा गर्ने मन्त्रालय रोजेको हुँ'



रासस

कांग्रेस नेता केसीले भने- 'मैले जनताको सेवा गर्ने मन्त्रालय रोजेको हुँ'

भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन्।
 
आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नवौं स्मृतिदिवसको अवसरमा भएको कार्यक्रममा बोल्दै उनले भने, 'पदको भागबन्डा गर्ने होइन। व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा मन्त्री छानिनुपर्छ।' पार्टीभित्र सहमति गरेर मात्रै वरिष्ठता, मर्यादा र हैसियतका आधारमा मिलाएर लानुपर्ने उनले बताए।
 
आफूले पाएको मन्त्री पद किन स्वीकार नगरेको भन्ने चासो विभिन्न तहबाट राखिएको चर्चा गर्दै नेता केसीले पदभन्दा जनसेवा ठूलो भन्ने लागेर त्यसलाई स्वीकार नगरेको स्पष्ट पारे।
 
'रक्षा मन्त्रालय जनतासँग नजिक राख्ने, जनतासँग घुलमिल हुने मन्त्रालय होइन,' उनले भने, 'त्यही भएर म गइनँ, मैले जनताको सेवा गर्ने मन्त्रालय रोजेको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell