कपिलवस्तु : घरको छत भत्केर गएराति एकै घरका तीन जनाको मृत्यु भएको छ।
कपिलवस्तुको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किँदा तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द, छोरीहरु २४ वर्षीया सत्यावती र १४ वर्षीया चन्द्रावती रहेको प्रहरीले जनाएको छ।
सो घटनामा अरविन्दको घटनास्थलमै र अरु दुईको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले बताए।
राति करिब ९.३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए। घटनामा परी घाइते अर्की छोरी भकुरीको अवस्था भने सामान्य रहेको छ।