PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • ​दुई छोराका साथ रुँदै बिदा भइन् फिलिपिनो ‘जोया’

    नारायण ढुंगाना - रत्ननगर : अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो।   उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन्। कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले। मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन। सबै भक्कानिए। आँखाबाट बगेका आँसु पुछ्न थाले।   जुनीजुनीलाई माया गाँस्ने कसम खाएर चितवन रत्ननगरका जीवन थापासँग…

    विस्तृतमा पढ्नुस्

  • ​माओवादीका पाँच मन्त्री शपथ लिने तयारीमा

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ।   प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा ऊर्जा, राम कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास, धनीराम पौडेल शिक्षा र अजयशङ्कर नायकलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा…

    विस्तृतमा पढ्नुस्

  • फर्जी मतदाता थपेको भन्दै विरोध, महाधिवेशनको प्रकृयामा अवरोध

    फर्जी मतदाता थपेको भन्दै विरोध, महाधिवेशनको प्रकृयामा अवरोध

    काठमाडौँ : महाधिवेशन प्रतिनिधि विवादका कारण एक साता पछि धकेलिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा पुनः अवरोध आएको छ।   शनिबार राति प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाए पनि फर्जी मतदाता थपेको आरोप लगाउँदै विद्यार्थी नेताले यथास्थितिमा निर्वाचन हुन नसक्ने जनाएका छन्।  अध्यक्षका सात उम्मेदवारले आज पत्रकार सम्मेलन गरी निर्देशन समितिले मध्यरातमा एकतर्फी रुपमा…

    विस्तृतमा पढ्नुस्

  • ​पत्नी मारी पतिले गरे आत्महत्या

    बैतडी : बैतडीमा आज दिउँसो ३:३० बजे पत्नीको हत्या गरी पतिले आत्महत्या गरेका छन्।   पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आफ्नी पत्नी इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।   पति र पत्नीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • ​चिनियाँ राष्ट्रपतिलाई निम्ता गर्न महरा भोलि चीन जाँदै

    ​चिनियाँ राष्ट्रपतिलाई निम्ता गर्न महरा भोलि चीन जाँदै

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीनको छ दिवसीय भ्रमणमा सोमबार बेइजिङ प्रस्थान गर्दै छन्।   चीनमा रहँदा उनले नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले जानकारी दिए।   राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका चार राज्यमन्त्रीको सिंहदरबारमा शपथ

     माओवादीका चार राज्यमन्त्रीको सिंहदरबारमा शपथ

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त चारजना राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज अपराह्न आयोजित समारोहमा प्रधानमन्त्री दाहालले नवनियुक्त राज्यमन्त्री श्रीप्रसाद जबेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विकलाई शपथ गराएका हुन्। मन्त्रीहरुको शपथ राष्ट्रपति भवनमा हुने गरे पनि राज्यमन्त्री र सहायकमन्त्रीलाई प्रधानमन्त्रीले सि‌हदरबारमा शपथ गराउने गर्छन्।   वर्तमान मन्त्रिपरिषदमा राज्यमन्त्री जबेगुले सङ्घीय मामिला तथा स्थानीय विकास,…

    विस्तृतमा पढ्नुस्

  • ​चौँरी गाईको रगत पिउने मेला रोक्न रिट

    काठमाडौँ : सर्वोच्च अदालतमा म्याग्दीको खोप्रा लेकमा चौँरी गाईको रगत पिउने मेला रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर भएको छ।  अधिवक्ता अच्युतप्रसाद खरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमा नेपालको कानुनमा चौँरी गाई मार्ने, अङ्गभङ्ग गर्ने कार्य दण्डनीय अपराध मानेको हुँदा सो मेला रोक्न आदेशको माग गरिएको छ।  रिट निवेदनमा भनिएको छ, “ज्यूँदो…

    विस्तृतमा पढ्नुस्

  • ६८ जनालाई सहिद घोषणा गर्न मधेसी मोर्चाको माग

    ६८ जनालाई सहिद घोषणा गर्न मधेसी मोर्चाको माग

    काठमाडौँ : आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ ।  गृह मन्त्रालयमा आज भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको थियो ।  गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुई÷तीन जना कम व्यक्तिको सूची…

    विस्तृतमा पढ्नुस्

  • ​सर्वोच्चद्वारा दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न अन्तरिम आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो ।  आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी…

    विस्तृतमा पढ्नुस्

  • ​समातिए चार मोटरसाइकल चोर

    सप्तरी : विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेको आरोपमा मोटरसाइकलसहित चार जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ।    पक्राउ पर्नेमा जमुनी मध्येपुरा– १ का  २१ वर्षीय मिथिलेश यादव र अजय मण्डल तथा मलेकपुर– ५ का  २४ वर्षीय  दीपककुमार यादव र बेलहिचपेना गाविस– ३ का  १५ वर्षीय मोहमद आलम छन्।     मिथिलेश र अजयले दुई दिन अगाडि मलेठ गाविस– ४ बस्ने मो…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारको प्रश्न- 'तीन बुँदे सहमतिमा प्रदेश सीमांकनबारे किन उल्लेख गरिएन?'

    गच्छदारको प्रश्न- 'तीन बुँदे सहमतिमा प्रदेश सीमांकनबारे किन उल्लेख गरिएन?'

    विराटनगर : मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।   विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले मधेसी, आदिवासी जनजाति र थारू लगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पारे। संविधान संशोधन र कार्यान्वयनका लागि फोरम (लोकतान्त्रिक) सहित चार शक्ति एक ठाउँमा हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् र छोराछोरी नभएको बेला एक महिलाको हत्या

    बुटवल : गएराति बुटवलस्थित कालिकानगरमा एक महिलाको रहस्यमय तरिकारले हत्या भएको छ। भाडाको घरमा बस्दै आएकी कमला न्यौपानेको एक्लै भएको अवस्थामा हत्या भएको हो। तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा परिवारसहित उनी सात वर्षदेखि बस्दै आएकी थिइन्।   उनका श्रीमान् बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएका छन्। उनी भने ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • बस दुर्घटनामा २ युवकको मृत्यु, ९ जना घाइते

    धनगढी : धनगढी–डडेल्धुरा राजमार्ग अन्तर्गत पर्ने कैलालीको सहजपुर सडकखण्डमा गएराति करिब १ बजे ना ६ ख १६९१ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   दुर्घटनामा बसमा सवार अन्य नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले मृत्यु हुनेमा डोटी जिल्ला वासुदेवी गाविस– १ का २८ वर्षीय योगेन्द्र विक र २८ वर्षकै खगेन्द्र विक रहेका छन्।   दिपायलबाट…

    विस्तृतमा पढ्नुस्

  • न्युजिल्यान्डका लागि पर्यटन दूतमा बुद्धिसागर नियुक्त

    बेसीसहर (लमजुङ) : लमजुङ सदरमुकाम बेसीसहरका युवा बुद्धिसागर घिमिरे न्युजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त भएका छन्।   नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो। उनी ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म दुई वर्ष दूतका रुपमा रहनेछन्।    त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गरेका घिमिरेले बेलायतबाट वातावरण विज्ञानमा समेत एमफिल गरिसकेका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् र छोराछोरी नभएको बेला एक महिलाको हत्या

    बुटवल : गएराति बुटवलस्थित कालिकानगरमा एक महिलाको रहस्यमय तरिकारले हत्या भएको छ। भाडाको घरमा बस्दै आएकी कमला न्यौपानेको एक्लै भएको अवस्थामा हत्या भएको हो। तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा परिवारसहित उनी सात वर्षदेखि बस्दै आएकी थिइन्।   उनका श्रीमान् बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएका छन्। उनी भने ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द

    बैतडी : विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ।   कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो।   'मङ्गलबार तीन जना छात्रा एक्कासि बेहोस भएका थिए, बुधबार पनि थप १५ छात्रालाई उस्तै समस्या देखियो,' स्थानीयवासी अभिभावक दिनेश सिंहले भने।    एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • देउवाको अभिव्यक्तिका कारण सहमतीय सरकार बन्न सकेन : माधवकुमार नेपाल

    देउवाको अभिव्यक्तिका कारण सहमतीय सरकार बन्न सकेन : माधवकुमार नेपाल

    गौर (रौतहट) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन्।   रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्।    'विगतको सरकारमा पनि कांग्रेस सहभागी हुनुपर्थ्यो र वर्तमान…

    विस्तृतमा पढ्नुस्

  • डुबेर बालिकाको र माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

    उर्लाबारी (मोरङ) : मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ।   मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।   घरनजिकै घाँस काट्न गएकी बालिकाको केसलिया नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।   यस्तै, माछा मार्ने क्रममा झापामा एक युवकको करेन्ट लागेर ज्यान…

    विस्तृतमा पढ्नुस्

  • ​इराकमा अस्पतालको प्रसूति वार्डमा आगलागी, बाह्र नवजात शिशुको मृत्यु

    बग्दाद (इराक) : बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको छ।  अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको थियो। अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताए।  राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान यारमौक अस्पताल परिसरमा जम्मा भई…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङबाट पोखरा उडेका दुई हेलिकप्टर पर्वतमा इमर्जेन्सी ल्यान्डिङ

    पर्वत : मौसमको खराबीका कारण आकस्मिक अवतरण गरेका दुई हेलिकप्टर गन्तव्यतर्फ लागेका छन् ।  मुस्ताङको लेतेबाट पोखरा फर्कदै गरेका मनाङ एयरका दुई हेलिकप्टर एक्कासि मौसममा खराबी आएपछि आज मध्याह्न कुश्मा बजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण गरिएको थियो ।  मनाङ एयरको नाइन एन एएलडी र नाइन एन एएलसी कल साइन भएका हेलिकप्टर भारी वर्षा र बाक्लो कुहिरोका कारण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell