PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

६८ जनालाई सहिद घोषणा गर्न मधेसी मोर्चाको माग



रासस

६८ जनालाई सहिद घोषणा गर्न मधेसी मोर्चाको माग

काठमाडौँ : आन्दोलनरत मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तराई÷मधेसमा आन्दोलनका क्रममा मारिएका ६८ जनालाई सहिद घोषणा गर्नुपर्ने सूची उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ । 

गृह मन्त्रालयमा आज भएको छलफलमा गठबन्धनले आफूहरुसँग आन्दोलनको क्रममा मारिएका प्रहरीसहित ६८ जनाको सूची रहेको र उनीहरुलाई सहिद घोषणा गर्नुपर्ने माग गरेको थियो । 

गृह मन्त्रालयले भने आफूहरुले पेस गरेकोभन्दा दुई÷तीन जना कम व्यक्तिको सूची बैठकमा प्रस्तुत गरेको सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी दिए। 

गृह मन्त्रालयले पर्सामा मारिएका भारतीय नागरिक आशिषकुमार राम, सप्तरीमा आन्दोलनका क्रममा भाग्दा करेन्ट लागेर मरेका शिवशङ्कर दास र गाडीको ठक्करबाट मरेका बालककृष्ण रायलगायत व्यक्तिको सूची राखेको छैन । 

छलफलमा सहिद घोषणासँगै आन्दोलनको क्रममा घाइते भएकालाई निःशुल्क उपचार खर्च, अपाङ्ग भएकालाई जीवन निर्वाह भत्ता, पक्राउ परेकालाई रिहा, मुद्दा फिर्ता र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्नेलगायत विषय गठबन्धनले राखेको अध्यक्ष झाले जानकारी दिए। 

जवाफमा उपप्रधानमन्त्री निधिले गठबन्धनले राखेका अधिकांश माग पूरा गर्न सरकार तयार रहेको र आगामी मन्त्रिपरिषद् बैठकबाट तीनलाई सम्बोधन गरिने बताए । 

छलफलमा गठबन्धनका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell