PahiloPost

May 24, 2026 | १० जेठ २०८३

​सर्वोच्चद्वारा दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न अन्तरिम आदेश



रासस

काठमाडौँ : सर्वोच्च अदालतले पत्रकार कनकमणि दीक्षितको सम्पत्ति छानबिन कार्य रोक्न भूमिसुधार मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले ललितपुर पाटनढोकास्थित रहेको १८ रोपनी जग्गाको छानबिन कार्य रोक्न अन्तरिम आदेश दिएको हो । 

आदेशमा भनिएको छ, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पत्र लेखिएको स्पष्ट नदेखिएको र आयोगबाट अनुसन्धान टुङ्गी नसकेको अवस्था हुँदा सुविधा र सन्तुलनको दृष्टिबाट निवेदकलाई पुग्नसक्ने सम्भावित क्षतिलाई दृष्टिगत गरी अनुुसन्धानको टुङ्गो नलागेसम्म बयान गराउने, धरपकड गर्ने, थुनामा राख्ने कार्य नगर्नु नगराउनु ।” 

पत्रकार दीक्षित यही साउन १८ गते आयोगले छानबिन गर्दागर्दै आफ्नो सम्पत्ति छानबिन कार्य गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त जग्गामा विवाद भएपछि त्यसको छानबिन अख्तियारले गरिरहेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell