PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

देउवाको अभिव्यक्तिका कारण सहमतीय सरकार बन्न सकेन : माधवकुमार नेपाल



रासस

देउवाको अभिव्यक्तिका कारण सहमतीय सरकार बन्न सकेन : माधवकुमार नेपाल

गौर (रौतहट) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आरोप लगाएका छन्।
 
रौतहट क्षेत्र नं १ मा संसदीय विकास कोषको रकमबाट निर्माण भएका विभिन्न योजनाको अनुगमनपश्चात् प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्।
  
'विगतको सरकारमा पनि कांग्रेस सहभागी हुनुपर्थ्यो र वर्तमान सरकारमा पनि एमाले सहभागी हुनुपर्थ्यो,' उनले भने, 'तर राष्ट्रिय सहमतिको सरकार बनाउने छलफल भइरहेको बेला एक्कासि नेकपा (माओवादी केन्द्र) ले हतारहतार अविश्वासको प्रस्ताव ल्याएर ठूलो गल्ती गर्न पुग्यो।'
 
देउवाले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म कुनै पनि हालतमा एमाले सरकारमा नजाने उनको भनाइ छ। स्थानीय निर्वाचन जरुरी रहेको भन्दै नेता नेपालले यसका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell