PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​पत्नी मारी पतिले गरे आत्महत्या



रासस

बैतडी : बैतडीमा आज दिउँसो ३:३० बजे पत्नीको हत्या गरी पतिले आत्महत्या गरेका छन्।
 
पाटन नगरपालिका–९ कुलडाका २६ वर्षीय कमल बोहराले आफ्नी पत्नी इन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।
 
पति र पत्नीमा घरायसी विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। घटनाका विषयमा अनुसन्धान गर्न अहिले प्रहरी निरीक्षक नेतृत्वको एक प्रहरी टोली घटनास्थलतर्फ गएको र प्रहरी टोली त्यहाँ पुगेपछि मात्रै थप विवरण आउने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell