बग्दाद (इराक) : बग्दादस्थित एक अस्पतालको प्रसूति गृहमा हुँदा १२ शिशुको मृत्यु भएको छ।
अस्पतालमा मङ्गलबार राति अबेर सुरु भएको आगलागी विद्युतीय तारको जडानमा भएको लापरबाहीका कारण हुन पुगेको थियो। अस्पतालका निर्देशक साह हतेमले आगलागीको कारण प्रारम्भिक अनुसन्धानबाट विद्युतीय तारबाट सुरु भएको बुझिएको र थप अनुसन्धान भइरहेको बताए।
राति अस्पतालमा रहेका नवजात शिशुको मृत्युपछि बुधबार बिहान यारमौक अस्पताल परिसरमा जम्मा भई आफन्तजनले घटना लापरवाहीका कारण भएको भन्दै दोषीमाथी कडा कानुनी कारबाही र पिडित अभिभावकलाई राहतको व्यवस्था गर्ने माग गरेका छन् ।
अस्पतालले दाबी गरेभन्दा बढी शिशु आगलागीपछि हराइरहेको बताउँदै बेपत्ता शिशुका आफन्तजनले उनीहरुको सम्बन्धमा प्रशासनको जवाफ माग गरेका बताइएको छ । रासस/एपी