PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • सरकारी कलेजको समय चोरेर अन्यत्र पढाउने 'हेल्मेट टिचर'माथि कारबाही सुरु

    सरकारी कलेजको समय चोरेर अन्यत्र पढाउने 'हेल्मेट टिचर'माथि कारबाही सुरु

    चितवन : सरकारी तथा आङ्गिक क्याम्पसमा पढाउने समयमा अन्य क्याम्पस धाउने प्राध्यापकमाथि कारबाही सुरु गरिएको छ।  जिल्ला प्रशासनले एउटा सरकारी र पाँच वटा आङ्गिक क्याम्पसबाट कारबाही थालेको हो।  प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस र त्रिविबाट सम्बन्धन पाएका सप्तगण्डकी, बालकुमारी, मैयादेवी, सहिद स्मृति र सहिद स्मारक कलेजमा कुन प्राध्यापकले पढाउने समय कुन हो? विस्तृत…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट, साँझ राष्ट्रपतिलाई भेट्ने

    उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट, साँझ राष्ट्रपतिलाई भेट्ने

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।   उक्त भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका थिए।   उनले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • 'क्यामेराको बिमा हुने, फोटो पत्रकारको किन नहुने?'

    'क्यामेराको बिमा हुने, फोटो पत्रकारको किन नहुने?'

    पोखरा : राष्ट्रिय फोटो पत्रकार समूह कास्कीले गरेको एक कार्यक्रममा सहभागीले फोटो पत्रकारको बिमा हुनुपर्नेमा जोड दिएका छन्।   १७७ औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आयोजित फोटो पत्रकारिताको महत्व र चुनौती विषयक अन्तरक्रियामा सहभागीले फोटो खिच्ने क्यामेराको बिमा हुने तर क्यामेरा चलाउने पत्रकारको बिमा नहुनु दुःखद भएको बताए।   फोटो पत्रकारितालाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिँदै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • ​भाषाको मौलिकता बचाउन हिजो मौनव्रत, आज खुलामञ्चमा रुन्चे गोष्ठी, को-को सहभागी?

    काठमाडौँ : नेपाली भाषाको स्थापित लेख्य परम्परा बचाउन आज साहित्यकारहरुले खुलामञ्चमा रुन्चेगोष्ठी र कविगोष्ठी सम्पन्न गरे ।  साहित्यकार श्रीहरि फुयाँल, घिमिरे मैदेली, भाग्यशाली अधिकारी, गाउँले बलदेव, विजयध्वज थापा, रामेश्वर मातृदास, दुर्गा अधिकारी रिमाल, लक्ष्मीप्रसाद मिश्र, कमला देवकोटा, पुण्य गौतम विश्वास, वैरागी जेठा, कौशला रिसाल, अशोक कुँवर, मणिराम शर्मा र ठाकुररमण आचार्यले आआफ्ना रचना पाठ गर्दै नेपाली भाषाको मौलिकता हराउँदै जान…

    विस्तृतमा पढ्नुस्

  • क्याविनेटले गर्‍यो मधेस मुद्दाका दुई माग सम्बोधन

    क्याविनेटले गर्‍यो मधेस मुद्दाका दुई माग सम्बोधन

    काठमाडौँ : सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले उठान गरेका मागमध्ये प्रमुख दुई मागलाई सम्बोधन गरेको छ।   मन्त्रिपरिषद्को आज बसेको बैठकले तराई– मधेस आन्दोलनका क्रममा क्षति भएको निजी तथा राष्ट्रिय सम्पत्तिको तथ्य सङ्कलन एवम् छानबिन गर्न पूर्व न्यायाधीश गिरीशचन्द्रलाल दासको अध्यक्षतामा सात सदस्यीय आयोग एवम् सोही आन्दोलनका क्रममा मृत्यु भएका ४१ जना आन्दोलनकारी तथा ११ जना सुरक्षाकर्मी गरी…

    विस्तृतमा पढ्नुस्

  • खेतमा गएर भ्यागुतालाई खुवाइयो भात

    खेतमा गएर भ्यागुतालाई खुवाइयो भात

    भक्तपुर : जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन्।   वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभित्र परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन्। भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ।   खेतमा कीरा मारेर अन्न उब्जाउन समेत सहयोग गर्ने प्राकृतिक…

    विस्तृतमा पढ्नुस्

  • घाइते, बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखौं : बाबुराम भट्टराई

    घाइते, बेपत्ता परिवारलाई राजनीतिभन्दा माथि राखौं : बाबुराम भट्टराई

    काठमाडौं :  नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन्। सहिद बेपत्ता परिवार घाइते अपांग संरक्षण मञ्चले रामवृक्ष यादवको २२औं स्मृति दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले सहिदको सपना पूरा गर्न देशमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने बताए।   'मुलुकको अग्रगमनका लागि जीवन बलिदान गर्ने सहिद तथा घाइते र…

    विस्तृतमा पढ्नुस्

  • चैतमै हुन्छ स्थानीय निकायको चुनाव : मन्त्री पाण्डे

    काठमाडौं : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले आगामी चैतमा स्थानीय निकायको चुनाव हुने बताएका छन्।   रिपोर्टर्स क्लबले मन्त्री पाण्डेसँग आज गरेको साक्षात्कारमा उनले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव अत्यावश्यक रहेको बताउँदै असोज मसान्तसम्म सम्पूर्ण स्थानीय निकायको प्रतिवेदन प्राप्त भएपछि चैतमा चुनाव हुने विश्वास व्यक्त गरे।   'सबै राजनीतिक दलको सहमतिबिना यो चुनाव सम्भव छैन,' उनले…

    विस्तृतमा पढ्नुस्

  • दुई फरक दुर्घटनामा ५ जनाको मृत्यु, १५ घाइते

    चितवन : भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरान आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस मंगलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन्।   मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालक रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • बिर्तामोडको मिनीमार्केटमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

    बिर्तामोडको मिनीमार्केटमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

    सुरुङ्गा (झापा) : झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।   बिहान साढे ५ बजेदेखि सुरु भएको आगलागीका कारण झन्डै दुई करोड मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीयवासी, प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • चितवन बस दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो, दुईको सनाखत हुन सकेन

    चितवन : भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरान आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस हिजो साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। तीमध्ये दुईको सनाखत भएको छ।   सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​गोसाइकुण्ड जाँदा बाटैमा मृत्यु

    मेलम्ची : धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ।   काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भएको हो।   गोसाइँकुण्ड जाने क्रममा नुवाकोट जिल्लासँग सिमाना पर्ने इचोक गाविस–९ कुटुमसाङ भन्ने स्थानमा बाटोमा हिँड्दाहिँड्दै एक्कासि ढलेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • नेपालमै हाइड्रोपावर इन्जिनियरिङको पढाई

    नेपालमै हाइड्रोपावर इन्जिनियरिङको पढाई

    काठमाडौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ।   विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ। त्यसका लागि आगामी भदौ ८ गतेदेखि फारम वितरण तथा ११ गते काठमाडौँ तथा सुर्खेतबाट प्रवेश परीक्षा लिइनेछ। स्नातक तहमा ४८ जनालाई अध्ययन गराउने व्यवस्था गरिएको छ।   विश्वविद्यालयद्वारा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • ​नभइसकेका राजदूत फिर्ता लिने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले विभिन्न देशका लागि सिफारिस गरेका १४ राजदूतको नाम फिर्ता लिने निर्णयको कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।   प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज नाम फिर्ता लिने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो।       आदेशमा यही भदौ ८ गते विपक्षीलाई समेत झिकाएर सो विषयका टुङ्गो लगाउने हुनाले…

    विस्तृतमा पढ्नुस्

  • 'येशुलाई सम्झेर सिन्दुर पखाल्नू' भन्दै हिँड्ने अमेरिकी नागरिक झापामा पक्राउ

    सुरुङ्गा (झापा) : धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान छन्। प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ। उनी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड सरकारको सुरुवाती कदमप्रति सद्‍भावनाको समर्थन

    काठमाडौँ : नेपाल सद्भावना पार्टीको केन्द्रीय पदाधिकारी बैठकले मधेस आन्दोलनको संविधानसँग सम्बन्धित राजनीतिक एजेन्डा र मागलाई वर्तमान सरकारद्वारा सम्बोधन गर्ने आश्वासन दिनु सकारात्मक भएको जनाएको छ।   यही साउन ३० गतेदेखि सुरु भई आज सम्पन्न उक्त बैठकले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/सङ्घीय गठबन्धनसँग नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच यही साउन १९ गते भएको तीन बुँदे सम्झौताले मधेसवादी दलको शान्तिपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • ​यात्रुबाहक गाडीमा अनुगमन तीब्र, दर्जनौ परे फन्दामा

    काठमाडौँ : क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने दर्जनबढी सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रिया अघि बढाइएको छ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र सरोकारवालालाई बोलाएर सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न निर्देशन दिएका थिए।   मन्त्रीको निर्देशन बमोजिम आज उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोटमा ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु चढाउने एक…

    विस्तृतमा पढ्नुस्

  • २० टुक्रा भएको छ दुर्घटनाग्रस्त बस, ओभरलोड कारण, २७ को मृत्यु २६ को सनाखत

    कुमार चौलागाईं-  काठमाडौँ : काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा भएको बस दुर्घटना ‘ओभरलोड’का कारण भएको प्रहरीले जनाएको छ ।  “बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोडतान्न नसकी दुर्घटना भएको देखिन्छ’ काभ्रेका प्रहरी नायब उपरीक्षक नविन राईले टेलिफोनमा भने।  घटनास्थलमा रहेका राईका अनुसार अहिलेसम्म घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारहरुलाई सञ्चार मन्त्रीले भने- 'खराबमात्र होइन राम्रा कामबारे पनि समाचार लेखौं'

    पत्रकारहरुलाई सञ्चार मन्त्रीले भने- 'खराबमात्र होइन राम्रा कामबारे पनि समाचार लेखौं'

    काठमाडौं :  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिप्रेरित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन्।    नेपाल पत्रकार महासङ्घले गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएकाले राम्रा कामबारे पनि खोजी गरेर समाचार लेख्न आग्रह गरे।   'पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन हुन्न,' उनले भने, 'पत्रकारिता मर्यादित पेसा…

    विस्तृतमा पढ्नुस्

  • आज पनि शैक्षिक हड्ताल, शिक्षा मन्त्री नभएकोले वार्ता निर्णायक नभएको आरोप

    काठमाडौँ : नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन्।  निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग राखी गरिँदै आएको हडतालका कारण सोमबार समेत शैक्षिक संस्था बन्द भएका थिए। सो सङ्गठनको आह्वानमा सामुदायिक र निजी विद्यालय तथा विश्वविद्यालय मातहतका अधिकांश क्याम्पसको पठनपाठन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell