PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट, साँझ राष्ट्रपतिलाई भेट्ने



रासस

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट, साँझ राष्ट्रपतिलाई भेट्ने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत गएका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।
 
उक्त भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गरेका थिए।
 
उनले आजै साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्न परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत गएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell