PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बिर्तामोडको मिनीमार्केटमा आगलागी, दुई करोडभन्दा बढीको क्षति



रासस

बिर्तामोडको मिनीमार्केटमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

सुरुङ्गा (झापा) : झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ।

विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।
 
बिहान साढे ५ बजेदेखि सुरु भएको आगलागीका कारण झन्डै दुई करोड मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो। मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताए।
 
आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको छ। फोटो : गौरादहका हामी नेपाली फेसबुक पेजबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell