PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

​भाषाको मौलिकता बचाउन हिजो मौनव्रत, आज खुलामञ्चमा रुन्चे गोष्ठी, को-को सहभागी?



रासस

काठमाडौँ : नेपाली भाषाको स्थापित लेख्य परम्परा बचाउन आज साहित्यकारहरुले खुलामञ्चमा रुन्चेगोष्ठी र कविगोष्ठी सम्पन्न गरे । 

साहित्यकार श्रीहरि फुयाँल, घिमिरे मैदेली, भाग्यशाली अधिकारी, गाउँले बलदेव, विजयध्वज थापा, रामेश्वर मातृदास, दुर्गा अधिकारी रिमाल, लक्ष्मीप्रसाद मिश्र, कमला देवकोटा, पुण्य गौतम विश्वास, वैरागी जेठा, कौशला रिसाल, अशोक कुँवर, मणिराम शर्मा र ठाकुररमण आचार्यले आआफ्ना रचना पाठ गर्दै नेपाली भाषाको मौलिकता हराउँदै जान लागेकामा चिन्ता व्यक्त गरे 

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली भाषाको नयाँ व्याकरणका नाममा विकृति आउन नहुनेमा जोड दिए। 
यस्तै डा जगदीशचन्द्र पोखरेल, चूडामणि गौतम, मेदिनीकुमार केवल लगायतले अभियानमा ऐक्यबद्धता जनाए। आगामी दिनमा अभियानले जनजागरणका कार्यक्रम ल्याउने अभियानकर्मी केवलले जानकारी दिए।

अभियानले बिहीबार मौनव्रत आयोजना गरेको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell