PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

​गोसाइकुण्ड जाँदा बाटैमा मृत्यु



रासस

मेलम्ची : धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा जनै पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न जाने क्रममा मङ्गलबार साँझ एकजनाको मृत्यु भएको छ।
 
काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नपा–१७ घर भएका ३३ वर्षीय सुवास भेटवालको मृत्यु भएको हो।
 
गोसाइँकुण्ड जाने क्रममा नुवाकोट जिल्लासँग सिमाना पर्ने इचोक गाविस–९ कुटुमसाङ भन्ने स्थानमा बाटोमा हिँड्दाहिँड्दै एक्कासि ढलेका उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिए।
 
उनका अनुसार मङ्गलबार साँझ नै घटनाको जानकारी आएको भए पनि अविरल वर्षाका कारण घटनास्थलमा प्रहरी जान नसकेको पनि मृतकका आफन्तसहित आज बिहान ४ बजे प्रहरी टोली त्यसतर्फ गएको छ।
 
गोसाइँकुण्ड जाँदा उच्च स्थानमा अक्सिजन कम पाइने र लेक लाग्ने हुँदा चिसो पानी नखान र अदुवा, लसुन, मरिचजस्ता वस्तु प्रयोग गर्नको निम्ति सर्वसाधारणमा प्रहरीले अनुरोध गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell