PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

चितवन बस दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्यो, दुईको सनाखत हुन सकेन



रासस

चितवन : भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरान आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस हिजो साँझ पृथ्वी राजमार्गको फिस्लिङमा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। तीमध्ये दुईको सनाखत भएको छ।
 
सनाखत हुनेमा जुगुम गाविस–८ गुल्मीकी २२ वर्षीया मञ्जु गौतम र उनका १० महिनाका छोरा संयोग रहेका छन्।
 
अन्य दुईको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। सनाखत भएका आमाछोराको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। अन्य दुईको उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ। ती दुवै पुरुष हुन् ।
 
दुर्घटनाका घाइतेमध्ये १८ जनाको चितवन मेडिकल कलेजमा र एक जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। ९ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको श्रेष्ठले बताए।
 
साँझपख पानी परिरहेको समयमा दुवै गाडी तीव्रगतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell