गुलरिया (बर्दिया) : बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको टोलीमाथि गएराति चोरीसिकारी गर्नेहरुले गोली चलाएका छन्। सेनाले गस्ती गर्ने क्रममा बाँसगढी नगरपालिका भास्तालस्थित रहेको पोस्ट नजिकै एक्कासि गोली चलेको थियो। लगत्तै सेनाले जवाफी फायरिङ गर्दा सिकारीहरु भागेका छन्। ६ जनाको समूहमा रहेका उनीहरु २ थान भरुवा बन्दुक र ४५ किलो सुकुटी छोडेर फरार भएको सेनाले बताएको छ। जरायो, सालक,…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भेटवार्ता गरेका हुन्। भेटमा मन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराएका थिए। भारत…
बुटवल (खस्यौली) : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताएका छन्। अहिलेको संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित र २०४७ सालकै निरन्तरता भएको उनको दाबी छ। उनले यो संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे। संविधानले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको उनको भनाइ छ। पार्टीको राष्ट्रिय…
काठमाडौं : सत्ताबाट बाहिरएपछि नेकपा एमाले आन्तरिक एकता र सुदृढीकरणमा लागेको छ। नवौं महाधिवेशनपछि पार्टीभित्र पर्याप्त आन्तरिक छलफल र आपसी समझदारी हुन नसकेको प्रश्न उठ्ने गरेको सन्दर्भमा पछिल्लो स्थायी समितिको ४३ औं बैठकले आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा आठ दिनसम्म चलेर भदौ…
काठमाडौँ : सर्वोच्च अदालतले तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अयोग्य लडाकूलाई रु दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “आर्थिक वर्ष २०७३/०७४ बजेटको बुँदा…
काठमाडौँ :भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ। गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछि मात्र गोलाप्रथाबाट छनोटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। “सोचेभन्दा धेरै बढीले आवेदन दर्ता गराएकाले यसको जाँचका…
पाँचथर : जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी झापास्थित आफ्नै घरमा भेटिएका छन्। ३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन्। गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका उनका स्थानीय सेवाग्राहीले एक महिनादेखि सास्ती बेहोर्नुपरेको थियो। प्रहरीले निरौलालाई झापाको दुहागडी–१ स्थित घरमा…
काठमाडौँ : अनलाइन जागिर लगाइदिने भन्दै ठगी गर्ने रायन राय भन्ने रामवीरकुमार रायलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही जमुनिया– २ घर भएका रायले अनलाइन जागिरमा लगाई आकर्षक तलब तथा भाडा खर्च, खाजा खर्चको समेत व्यवस्था गर्ने प्रलोभनमा ११ जनाबाट रु १६ हजार लिई बिनातलब छ महिनासम्म काम लगाएका थिए । पीडितले पटकपटक तलबको माग गर्दा आलटाल गर्दै झुलाइरहेपछि उनीहरुले आफूहरु…
भक्तपुर : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ। ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो। रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको हो। शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक…
काठमाडौं : नेपाल विद्यार्थी सङ्घको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबारे छलफल हुने भएको छ। नेविसङ्घको ११ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक आगामी बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पहिलो बैठकमै स्ववियु निर्वाचनबारे छलफल गर्न लागिएको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए। बैठकमा विद्यार्थीले सवारी आवतजावतमा पाउने सहुलियत, आगामी नेपालको शिक्षा प्रणालीको बारेमा समेत…
पाँचथर : एक महिनादेखि बेपत्ता पाँचथर हाङगुम गाविसका सचिव केशवप्रसाद निरौलाको अवस्था अझै अज्ञात रहेको छ। अहिलेसम्म उनी सम्पर्कमा नआएको र कुनै जानकारी नगराएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए। अहिलेसम्म उनी गाविस, जिविस कार्यालय र परिवारसँग पनि सम्पर्क छैनन्। अवस्था अज्ञात भएपछि खोजतलास थालिएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ। जिविसका कर्मचारीका अनुसार उनी साउन ६…
सप्तरी : बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा व्यापारी रञ्जित दासलाई प्रहरीले आज पक्राउ गरेको छ। बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लिटर पेट्रोल बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए। दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ वैशाख/जेठमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायको स्नातकोत्तर तह प्रथम वर्ष (२०७२नियमित) को समाजशास्त्र/मानवशास्त्र विषयको परीक्षाफल प्रकाशित भएको छ। २०७२ सालमा सञ्चालित कानुन सङ्कायतर्फको बिएएलएलबी तृतीय वर्षको परीक्षाफल पनि आजै प्रकाशन भएको छ।
शरद शर्मा - काठमाडौँ : सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ। शिक्षा ऐन २०२८ आठौँ संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेकोे शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेकोे छ- अस्थायी शिक्षकलाई स्थायी…
काठमाडौँ : सडक दुर्घटनामा ज्यान गुमाएकामध्ये ४० प्रतिशत पैदल यात्रु रहेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको संयुक्त आयोजनामा आज यहाँ आयोजित सडक सुरक्षा सचेतना कार्यक्रमको समापन कार्यक्रममा बोल्दै महाशाखाका प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले आव २०७२/७३ मा सडक दुर्घटनामा दुई हजार छ जनाको निधन भएकामध्ये ८०० जना पैदल यात्रु रहेको बताए। उनले भने, “बर्सेनि सडक…
काठमाडौँ : अदालतको अपहेलनासम्बन्धी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका छन्। आयोगका प्रमुख आयुक्त कार्कीले पठाएको लिखित जवाफमा “आफू चर्चित बन्ने र अपराधबाट उम्कने प्रयास गर्ने सिलसिलामा मात्र निवेदन दिएको” उल्लेख छ। लिखित जवाफमा गलत, झुटो, कलुषित भावनाबाट प्रेरित भई संवैधानिक आयोगमा संविधान र कानुनबमोजिम नियुक्ति भई निष्ठापूर्वक आफ्नो पदीय दायित्व…
गौशाला : महोत्तरी जिल्लाको डाम्हीमडै गाविसमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको छ। डाम्हीमडै गाविस–९ रानी रतवारास्थित सडकको छेउमा निमको रुखमा झुन्डिएको अवस्थामा भारत विहार राज्यको सीतामढी जिल्लाको सिरसिया बस्ने ५५ वर्षीय रामस्नेही सदाको शव फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। केही दिनअघि सोही ठाउँ बस्ने आफ्ना भिनाजु बिजो सदाको घरमा आएर बसेको तथा हिजो…
भीमदत्तनगर : आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ। श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन। प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित…
चितवन : स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरुले राजीनामा दिन थालेका छन्। सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अर्को सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि स्थानीय प्रशासनले त्यस्ता प्राध्यापकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ। निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना…
बागलुङ : सामाजिक अभियन्ता डा महावीर पुन अहिले राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियानमा हुनुहुन्छ। विज्ञान, प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सपना पुनसँग छ। दक्षिण एसियाकै प्रसिद्ध म्यागासेसे पुरस्कार बिजेता पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा लिएर देश दौडाहामा छन्। म्याग्दीको नागी गाविसमा जन्मिएका पुन यो साता धौलागिरि अञ्चलका विभिन्न कार्यक्रममा सरिक भए। केन्द्रको अवधारणा राख्न, सुझाव लिन र आर्थिक…