PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

उपप्रधानमन्त्री निधिले भेटे राष्ट्रपतिलाई, भारत भ्रमणबारे जानकारी



रासस

उपप्रधानमन्त्री निधिले भेटे राष्ट्रपतिलाई, भारत भ्रमणबारे जानकारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग उप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भेटवार्ता गरेका छन्।
 
 
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणबाट फर्केपछि उपप्रधानमन्त्री निधिले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भेटवार्ता गरेका हुन्।
 
 
भेटमा मन्त्री निधिले भारत भ्रमणका बेला भएका उच्च भेटघाट र भारतीय उच्च अधिकारीहरुले नेपालप्रति देखाएको सदासयताका बारेमा जानकारी गराएका थिए।
 
 
भारत भ्रमणमा निधिले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुका साथै भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell