PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

​नाबालक छोरा र छोरी दुवैलाई विष खुवाएर मार्ने बसन्तीको पनि मृत्यु



रासस

भीमदत्तनगर : आफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
 
श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन।
 
प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याएका थिए। तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 
छोराछोरीलाई आइतबार बिहान स्कूल पुर्‍याउन हिँडेकी बसन्तीले पतिसँगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ। स्कूल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कूल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए। उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कूले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए। प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो।
 
इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन्। उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ। प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमान्सँगको विवादको झोकमा आफूले घटना घटाएको बयान  दिएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell