PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

मोहन वैद्यले भने- 'संविधान ४७ सालकै निरन्तरता भएकाले खारेज गरौं'



रासस

मोहन वैद्यले भने- 'संविधान ४७ सालकै निरन्तरता भएकाले खारेज गरौं'

बुटवल (खस्यौली) : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताएका छन्।
 
अहिलेको संविधान दक्षिणपन्थी नवसंशोधनवादमा आधारित र २०४७ सालकै निरन्तरता भएको उनको दाबी छ। उनले यो संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गरे।
 
संविधानले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको कुरालाई नसमेटेकाले त्यसकै लागि पार्टीले जनवादी क्रान्तिको तयारी गरिरहेको उनको भनाइ छ।

पार्टीको राष्ट्रिय भेला तथा केन्द्रीय समितिले गरेका निर्णयका बारेमा कार्यकर्तालाई प्रशिक्षण गर्न बुटवल आएका वैद्यले बिहीबार पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताएका हुन्।
 
मुलुकमा पुरानै राजनीतिक धारलाई टिकाइराख्ने र आफूले हालीमुहाली गर्ने तथा पुरानो राजनीतिक धारलाई झुकाउने दुई धारमा मुलुक रुमलिएको उनले बताए।

असमान सन्धि सम्झौता खारेज नहुँदासम्म भारतले नेपालमाथि गर्ने व्यवहार हेपाहा प्रवृत्तिको भइराख्ने अध्यक्ष वैद्यको भनाइ छ।
 
वर्तमान सरकारले दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन पठाउनु मुलुकका लागि राम्रो नभएको उनले टिप्पणी गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell