PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

रगत नपाए भक्तपुर जानू : रेडक्रसको नयाँ अभियान, रगत चाहिए नि:शुल्क फोन गर्नुस्



रासस

रगत नपाए भक्तपुर जानू : रेडक्रसको नयाँ अभियान, रगत चाहिए नि:शुल्क फोन गर्नुस्

भक्तपुर : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले दैनिक रक्तदान अभियान सुरु गरेको छ। ‘रगत नपाए भक्तपुर जानु’ भन्ने नारालाई चरितार्थ गर्दै शाखाले रगतको अभाव हुन नदिन यो अभियान सुरु गरेको हो।
 
रेडक्रसले यही भदौ १ गतेदेखि दैनिक रक्तदान अभियान सुरु गरेको हो। शाखाका सभापति एवम् सोसाइटीका केन्द्रीय सदस्य मनोज थापाले भक्तपुरको कमलविनायक, सूर्यविनायक र पाँचतले मन्दिर परिसरमा दैनिक रक्तदान कार्यक्रम सञ्चालन गरेको जानकारी दिए।
 
सातामा ६ दिन नियमित रुपमा बिहान ७ बजेदेखि ११ बजेसम्म र शनिबार जिल्लाका विभिन्न ठाउँमा बिहान एकैपटक रक्तदान कार्यक्रम हुने बताउँदै उनले रक्तदानमा सहभागी भइदिन सबैलाई आह्वान समेत गरेका छन्।
 
शाखाबाट वार्षिक ३० हजार युनिट रगत खपत हुने गरेको सभापति थापा बताउँछन्। रगतको आवश्यकता परे ६६११६६१ र ६६१२२६६ मा निःशुल्क फोन गर्न सकिनेछ।
 
रगतको कम्पोनेन्ट बनाउन ६ घन्टाभित्रको ताजा रगत चाहिने भएकाले कहिलेकाहीँ रक्तदाता तत्काल उपलब्ध नहुँदा रगतको अभाव हुने भए पनि त्यस्ता बिरामीका लागि शाखासँग पाँच सयभन्दा बढी कलिङ रक्तदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell