पाँचथर : एक महिनादेखि बेपत्ता पाँचथर हाङगुम गाविसका सचिव केशवप्रसाद निरौलाको अवस्था अझै अज्ञात रहेको छ।
अहिलेसम्म उनी सम्पर्कमा नआएको र कुनै जानकारी नगराएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए।
अहिलेसम्म उनी गाविस, जिविस कार्यालय र परिवारसँग पनि सम्पर्क छैनन्। अवस्था अज्ञात भएपछि खोजतलास थालिएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ।
जिविसका कर्मचारीका अनुसार उनी साउन ६ गतेसम्म सम्पर्कमै थिए।