इलाम : सशस्त्र द्वन्द्व समाप्त भएको एक दशक बितिसक्दा पनि उपचार हुन नसकेपछि माओवादी नेता शरीरमा गोलीका खोका बोकेर हिँड्न बाध्य भएका छन्। सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन सेनाले हानेको गोली लागेका मङ्गलबारे–३ (हाल देउमाई नगरपालिका) तपेवाका राम राई र जोगमाई–२ का तेजबहादुर राई अहिले पनि शरीरमा गोली बोकेर हिँड्न विवश छन्। रामको दुवै खुट्टामा गोली लागेको थियो भने तेजबहादुरको…
पोखरा : डायमन्ड एकेडेमी र त्रिभुवन आर्मी क्लब नवआदर्श सामुदायिक विकास समाजलको आयोजना गरेको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। शुक्रबार लामाचौरमा भएको खेलमा साविक विजेता डायमन्डले आर्मीलाई २५,११,२५, १७ र २५, १५ ले हराउँदै अन्तिम चारमा पुगेको हो। यसैगरी आर्मी पराजित भए पनि समूह कको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। समूह कमा नेपाल पुलिस क्लब…
काठमाडौँ : पशुपति क्षेत्र विकास कोषले यसवर्ष हरितालिका पर्वमा पशुपतिनाथको मन्दिरमा सशुल्क दर्शनको व्यवस्था हटाएको छ। मन्दिरमा आएर छोटो समयमा दर्शन गर्न चाहने भक्तजनको सहजताका लागि रु एक हजारको टिकटको व्यवस्था कोषले गर्दै आएको थियो। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा गोविन्द टण्डनले मन्दिरमा आउने दर्शनार्थीको सहजतालाई व्यवस्थित बनाउन नेपाल प्रहरीको संयोजकत्वमा ‘एकीकृत सुरक्षा व्यवस्था’ लागू गरिएको जानकारी…
जाजरकोट : सुत्केरी व्यथा लागेको लामो समय बिते पनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु- ३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो। उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो। मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन्।
पाँचथर : विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन। रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा गरिए पनि सरोकारवाला निकायले ठोस कदम नचाल्दा काम अघि बढ्न नसकेको हो। मैदानका लागि आवश्यक पर्ने करिब ४२५ रोपनीमध्ये ८० प्रतिशत जग्गा स्थानीयवासीले…
काँकडभिट्टा (झापा) : पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ। झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो। भेलापछि आजै पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई…
काठमाडौं : बिपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ लेखिका भुवन ढुङ्गानालाई दिइने भएको छ। ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य बलदेव शर्मा मजगैँया, डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए। यसैगरी यस वर्षको…
काठमाडौँ : शिक्षण अस्पताल महाराजगञ्जमा २५ दिनदेखि रहेको नवलपरासी पदमपुरका ५५ वर्षीय तीर्थ तामाङको आज उनकी श्रीमतीले बुझेकी छन्। शारदा फाउन्डेसनका अध्यक्ष रतन चन्दको पहलमा करिब एक महिनादेखि अलपत्र परेको तामाङको शवलाई उनकी श्रीमती सुनिता तामाङलाई बुझाई आज नै पशुपतिस्थित शवदाह गृहमा अन्त्येष्टि गरिएको छ। करिब एक महिनाअघि कमलपित्त (जन्डिस) भई अस्पतालमा भर्ना भएका तामाङको मृत्यु भएपछि परिवारले अर्थाभावमा शव…
काठमाडौं : जिल्ला खाद्य सुरक्षा सञ्जालले १३ जिल्लाका २१२ गाविसमा यस वर्ष खाद्यान्य अभाव हुने जनाएको छ। कृषि विकास मन्त्रालयअन्तर्गत विश्व खाद्य कार्यक्रमले २०७२ चैतदेखि २०७३ असारसम्म गरेको अध्ययनले उक्त जानकारी गराएको कृषि मन्त्रालयले जनाएको छ। अभाव हुने ठाउँहरुमा अछामका २५ गाविस, बैतडीका १४, बझाङका १६, बाजुराका १४, डोटीका १८, हुम्लाका १९, डोल्पाका ६, कालिकोटका ८, मुगुका १४…
पथरी (मोरङ) : मोरङका वरिष्ठ राजनीतिज्ञ रमाप्रसाद रिजाल र उनकी पत्नीका नाममा नेपाल प्रेस युनियन मोरङले हरेक वर्ष वितरण गर्ने गरी पत्रकारिता पुरस्कार स्थापना गरेको छ। हरेक वर्ष मोरङमा क्रियाशील एक पत्रकारलाई ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’ नामबाट ११ हजार १११ रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिनेछ। रिजाल परिवारले पुरस्कारका लागि दुई लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ। रिजाल पाँच दशकभन्दा…
लहान : ग्यास सिलिन्डर पड्किएर सिरहाको लहान नगरपालिका-८ मा आगलागी हुँदा एक बालिका घाइते भएकी छिन्। घटनामा २४ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। स्थानीय सूर्यनारायण साहुको घरमा खाजा पकाउने क्रममा अचानक ग्यास पड्किएको थियो। आगलागीमा परी उनको दुईतले पक्की घर, भित्र भएको नगद पाँच लाख तथा सम्पूर्ण सामानसमेत जलेको प्रहरीले जनाएको छ। आगलागीमा परी घरभाडामा बस्दै आएका…
दीपेन्द्र सापकोटा - काठमाडौँ : करिब दुई वर्षअघि बङ्गलादेशमा भएको टि–ट्वन्टी क्रिकेट विश्वकपमा नेपाल छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भनेका थिए, “विश्वमा नेपाली क्रिकेट खेलाडी मात्र यस्ता भाग्यमानी हुन् जसले फुटबल मैदानमा अभ्यास गरेर क्रिकेटको विश्वकप खेल्ने अवसर पाए।” उनको यो भनाईलाई त्यतिबेला विश्वभरका सञ्चार माध्यमले प्राथमिकताका साथ ‘कभरेज’ गरेका थिए तर अहिले वास्तविकता त्योभन्दा धेरै…
काठमाडौं : सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौंतारिइरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ। सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रमले आश्रय प्रदान गरिरहेको छ। मानव सेवा आश्रमले मकवानपुरको हेटौंडा, चितवनको भरतपुर र काठमाडौँको सामाखुशीमा चलाएको आश्रममा हाल १५० जनाले…
पोखरा : असम-नेपाली साहित्यिक मितेरी कार्यक्रमका लागि भारतको असम राज्यबाट आएका साहित्यकारहरुलाई पोखरामा सांस्कृतिक स्वागत गरिएको छ। हिमाली सांस्कृतिक परिवारको संयोजनमा पोखराका १९ वाङ्मय संस्थाले उनीहरुलाई सांस्कृतिक स्वागत गरेका हुन्। असम नेपाली साहित्य समाजका सभापति डम्बर दाहालको नेतृत्वमा लमजुङ हुँदै पोखरा आइपुगेको २० जना साहित्यकार सहित २२ जनाको स्वागतमा हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, अलिमिया वाङमय…
पोखरा : तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायोजना हुने भएको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने खेलकुद संयोजक सुशील श्रेष्ठले बताए। प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमन्ड विद्यालय, टप्स आवासीय विद्यालय र मध्यपश्चिमाञ्चल टोलीको सहभागिता रहने छ। प्रतियोगितामा विजेताले ७५…
पथरी (मोरङ) : मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीहरुले पानीमाथि कुद्ने साइकल बनाएका छन्। बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले कलेजका मेकानिकल इन्जिनियरिङ समूहका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन्। बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले यस्तो साइकल बनाइएको समूहका सदस्य बर्जित थापाले बताए। क्याम्पसबाट प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क…
कञ्चनपुर : पश्चिमी सीमा नाकाको महाकाली नदीमाथि वनवासा पुलमा साढे चार किलो चरेस सहित तीन नेपाली पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुलाई आज पक्राउ गरेको हो। म १ प १६३० नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बाँके कोहलपुरका ३७ वर्षीया शान्ति बुढाथोकी, ३८ वर्षीय विमल घर्ती मगर र भीमदत्त नगरपालिका खैरभट्टीका २७ वर्षीय लक्ष्मण सुनार पक्राउ…
हेटौँडा : पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ। मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त दुर्घटनामा परेका दुई जना सक्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको…
लहान : सिरहालाई सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गतवर्षको मधेस आन्दोलनका कारण यो योजना प्रभावित भएको छ। घरघरमा शौचालयको पहुँच पुर्याएर खुला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २० वटा गाविस मात्र घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ। आन्दोलनको प्रभावले ढिलाइ भए पनि सन्…
पर्सा : सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा दोहोरो गोली हानाहान भएको छ। पर्साको मधुवनमथवल वन क्षेत्रमा वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो। नियमित गस्तीमा रहेको इलाका वन कार्यालय बढनिहारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए। बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको…