PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

मधेस आन्दोलनको प्रभाव : सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा एक वर्ष सर्‍यो



रासस

लहान : सिरहालाई सन् २०१५ भित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गतवर्षको मधेस आन्दोलनका कारण यो योजना प्रभावित भएको छ।
 
घरघरमा शौचालयको पहुँच पुर्‍याएर खुला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २० वटा गाविस मात्र घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सिरहाले जनाएको छ।
 
आन्दोलनको प्रभावले ढिलाइ भए पनि सन् २०१६ मा यो योजना पूरा हुने बताइएको छ। त्यसैले सिरहाको गाउँगाउँमा यति बेला शौचालय निर्माणको काम तीव्र रुपमा भइरहेको छ।
  
घोषणा गर्न बाँकी ४३ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका इञ्जिनियर कृष्ण साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell