PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

बिपी साहित्य पुरस्कार भुवन ढुङ्गानालाई



रासस

बिपी साहित्य पुरस्कार भुवन ढुङ्गानालाई

काठमाडौं : बिपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ लेखिका भुवन ढुङ्गानालाई दिइने भएको छ।
 
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य बलदेव शर्मा मजगैँया, डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए।
 
यसैगरी यस वर्षको प्रजातन्त्र सेनानी सम्मान प्रजातान्त्रिक सङ्घर्षका अथक योद्धा श्यामलाल श्रेष्ठलाई प्रदान गरिने भएको छ।
 
साहित्य सम्मान तथा पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सेनानी सम्मानको रकम २५ हजार छ।
 
पुरस्कार तथा सम्मान आगामी भदौ २२ गते बिपी कोइरालाको १०२ औँ जन्मजयन्तीको सन्दर्भ पारी प्रदान गरिने महासचिव पोखरेलले बताए।
 
साहित्यकार बिपी कोइरालाको शतवार्षिकीबाट प्रदान गरिँदै आएको सम्मानमध्ये २०७१ को साहित्य सम्मान रत्नशमशेर थापा र २०७२ को गोपाल पराजुलीलाई प्रदान गरिएको थियो।
 
यस्तै सेनानी सम्मान २०७१ को नुतन थपलिया र २०७२ को तारानाथ कोइरालालाई प्रदान गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell