PahiloPost

May 24, 2026 | १० जेठ २०८३

यस वर्ष १३ जिल्लाका २१२ गाविसमा खाद्य अभाव हुने, पश्चिममा गहुँ उत्पादनमा कमी



रासस

यस वर्ष १३ जिल्लाका २१२ गाविसमा खाद्य अभाव हुने, पश्चिममा गहुँ उत्पादनमा कमी

काठमाडौं :  जिल्ला खाद्य सुरक्षा सञ्जालले १३ जिल्लाका २१२ गाविसमा यस वर्ष खाद्यान्य अभाव हुने जनाएको छ।
 
कृषि विकास मन्त्रालयअन्तर्गत विश्व खाद्य कार्यक्रमले २०७२ चैतदेखि २०७३ असारसम्म गरेको अध्ययनले उक्त जानकारी गराएको कृषि मन्त्रालयले जनाएको छ।
 
अभाव हुने  ठाउँहरुमा अछामका २५ गाविस, बैतडीका १४, बझाङका १६, बाजुराका १४, डोटीका १८, हुम्लाका १९, डोल्पाका ६, कालिकोटका ८, मुगुका १४ धादिङका १६, गोर्खाका १३, नुवाकोटको ९ र सिन्धुपाल्चोकका ४० गाविस रहेका छन्।
 
खाद्य सञ्चितमा कमी, हिउँदे बाली उत्पादनमा ह्रास, मनसुनी वर्षाका कारण बाढीपहिरो र सडक आगमनमा समस्याका कारण खाद्य अभाव हुन पुगेको मन्त्रालयको भनाइ छ। घर र खानेपानीको आपूर्तिमा भएको क्षतिका कारण अन्नबाली सञ्चित र खानेपानीको आपूर्तिमा समेत समस्या आएको हो।
 
त्यसैगरी मध्य तथा सुदूरपश्चिमका धेरै जिल्लामा हिउँदे खडेरीका कारण गत वर्षको तुलनामा हिउँदे बालीको विशेष गरी गहुँमा उल्लेख्य कमी आएको छ। बाजुरामा ३६ प्रतिशत, बझाङमा ४३, बैतडीमा ५० प्रतिशतले कमी आएको कृषि मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत दिनेश भट्टराईले जानकारी दिए।(फोटो : wfp.org)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell