PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको जिप दुर्घटना, एकको मृत्यु



रासस

हेटौँडा : पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा वीरगन्ज सडकखण्डको अमलेखगन्जमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गर्दा ना३च ५९५२ नं बलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
 
मृत्यु हृने यात्रु बारा जिल्ला बस्ने मुकुन्द साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 
उक्त दुर्घटनामा परेका दुई जना सक्त घाइतेको प्रहरीले उद्धार गरी हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
उनीहरुको अवस्था अहिले गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 
घटनास्थल अमलेखगन्ज मकवानपुर जिल्लाको सिमानासँग जोडिएकाले ती घाइतेलाई हेटौँडातर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
 
शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell