काठमाडौँ : ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजना पुरुषलाई पक्राउ गरेको हो। ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी…
जुम्ला : जुम्लाको खेल विकासका लागि स्थानीय व्यापारी चन्दबहादुर खड्काले ५० हजार रुपैयाँ प्रदान गरेका छन्। ६ नम्बर प्रदेशस्तरीय प्रतियोगितालाई निरन्तरता दिनका लागि प्रोपाइटर खड्काले सहयोग गरेका हुन्। प्रतियोगिता १८ गते सकिएको छ। 'खेलजगत् कुनै पनि राष्ट्रको गौरव हो र खेलाडी सम्पत्ति हुन्,' सन्ध्या स्टेसनरी जुम्लाका प्रोपाइटर समेत रहेका खड्काले भने, 'नयाँ खेलाडी उत्पादन र तिनको विकासका लागि यो…
भोजपुर : हरितालिका तीजको अवसरमा भोजपुरमा क्रियाशील ६ महिला पत्रकार सम्मानित भएका छन्। जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यमबाट समाज परिवर्तनमा भूमिका खेलेको भन्दै क्रियाशील महिला पत्रकारलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा राससकर्मी सरिता राई, रेडियो भोजपुरका सरस्वती तामाङ र शारदा तामाङ, कान्तिपुरकर्मी विद्या राई,रेडियो चुमोलुङ्गमाका मनिता राई र सुशीला राई रहेका छन्। उनीहरुलाई कदरपत्र तथा दोसल्ला ओढाई सामुदायिक सेवा…
इलाम : सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनर्संरचनाको काम अघि बढ्न नसक्ने बताएका छन्। प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले राज्य पुनर्संरचना अहिलेको आवश्यकता भएकाले सकेसम्म छिटो सबैले आ–आफ्ना तर्फबाट राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आह्वान गरे। स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन तयार गरेपछि…
काठमाडौं : नेपालका १४ बैंकहरुको सहलगानीमा ५४ मेगावाटका दुई आयोजना निर्माण हुने भएको छ। आज यहाँ आयोजित एक कार्यक्रममा दुवै आयोजनाको लागि ऋण सम्झौता सम्पन्न भएको हो। सानीगाड हाइड्रो प्रालीले प्रवद्र्धन गरेको ३८ दशमलव ४६ मेगावाटको माथिल्लो कालंगा गाड जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने गरि माछापुच्र्छे बैंकको नेतृत्वमा सम्झौता भएको हो। माछापुच्र्छे सहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसीसी बैंक,…
तेल अभिव (इजरायल) : इजरायलका व्यापारिक शहर तेल अभिवमा एउटा भवन भत्किँदा कम्तिमा १८ जना घाइते भएका छन् भने पाँच जना भवनको भग्नाबशेषभित्र पुरिएका स्थानीय अधिकारीले सोमबार बताएका छन्। घटनाबारे बिस्तृत खबर आउन अझै बाँकि छ। प्रहरीका अनुसार निर्माणाधिन भवन भत्केर एउटा ग्यारेजमाथि पर्दा खसेको भग्नाबशेषबाट १८ जनाले भागेर जीवन जोगाउन सफल भएका थिए भने सात जना भग्नावशेषमा…
नान्जिङ्ग (चीन) : कन्या राशि भएका दुईसय जना ब्यक्तिले नान्जिङ्गको नगर किल्लामाथि जम्मा भइ आ(आफ्नो जन्मोत्सब समारोह भब्य र अनौठोरुपमा मनाएका छन्। नान्जिङ्गका ऐतिहासिक मिङ बङशीय बादशाहद्वारा निर्मित विशाल नगर किल्ला (पर्खाल) निर्माण गरिएको आज छ सय पचास वर्ष पूरा भएको दिन पारी अगस्ट २२ देखि सेप्टेम्बर २२ सम्म जन्मदिन परेका कन्याराशिका उक्त दुईसय जनाले एक आपसमा बर्थडे केक,…
काठमाडौँ : सङ्घीय प्रतिनिधिसभाको निर्वाचन र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी आवश्यक कानुन निर्माण गरी निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, व्यवस्थापिका–संसदलगायतलाई विपक्षी बनाई अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, विमल ज्ञवाली, लिलाधर उपाध्याय र शशीकुमार कार्कीले दायर गरेको रिट निवेदनमा सो माग गरिएको हो। रिट निवेदनमा भनिएको छ, “निर्वाचन…
बनेपा : घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ। काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए। दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको…
वीरगन्ज : बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर शनिबार राति एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक अर्जुन देवकोटाले बताए। मृत दम्पतीको शव घरबाट करिब ६…
काठमाडौँ : लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आज भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको…
लहान : कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर डेढ वर्षदेखि फरार रहेका एक युवकलाई प्रहरीले गएराति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले अदालतबाट कैद सजाय पाएर फरार रहेका सिरहा गोलबजार नगरपालिका–६ निवासी ३२ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतले २०७१ फागुन १८ गते यादवलाई २० वर्षको…
काठमाडौं : बागमती सफाइ महाअभियानको १७३औँ हप्तामा टेकु पुलमुनिको बागमती क्षेत्रबाट आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। निजामती कर्मचारी दिवसको अवसरमा आजको सफाइमा मुख्यसचिव डा. सोमलाल सुवेदीको नेतृत्वमा करिब पाँच सय कर्मचारीको सहभागिता थियो। पूर्व मुख्यसचिव लीलामणि पौडेल, सङ्घीय मामिला तथा स्थानीय विकास सचिव केदारबहादुर अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदी, शिक्षा सचिव शान्तबहादुर…
काठमाडौँ : परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको जनसम्पर्क तथा प्रेस संयोजकमा एकराज पाठक नियुक्त भएका छन्। राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक रहेका पाठकलाई परराष्ट्रमन्त्री महतको सचिवालयमा राप प्रथम श्रेणी सरहको पदमा नियुक्त गरिएको हो। पाठकले त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषयमा प्राध्यापन गर्दै आएका छन्। पूर्वाञ्चल विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषदमा आमसञ्चार तथा पत्रकारिता विषयमा…
पोखरा : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँगको भेटमा उनले प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म उक्त माग पूरा गर्नेतर्फ कुनै चासो नदिएकोमा दुःख व्यक्त गरे। डा. केसीले मेडिकल कलेज…
दमौली : वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले वन जङ्गलको संरक्षणमा जुट्न सबैलाई आग्रह गरेका छन्। तनहुँस्थित विमलनगर सिद्धगुफा विकास समितिद्वारा आयोजित स्वागत एवम् बधाई कार्यक्रममा उनले सो कुरा बताएका हुन्। मन्त्री भण्डारीले कुल भू–भाग ओगटेको ४४ प्रतिशत वन जङ्गललाई संरक्षण र सम्वर्द्धन गर्न सबै लाग्नुपर्नेमा जोड दिँदै विकास निर्माणका काममा सबैले हातेमालो गर्नुपर्ने बताए। स्थानीय निकाय पुनःसंरचनाका…
रसुवा : आजदेखि काठमाडौँ–केरुङ डिलक्स बस सेवा सुरु भएको छ। काठमाडौँ–करुङ डिलक्स बस सेवा नामाकरण गरिएको नयाँ बस सेवाअन्तर्गत रसुवाको स्याफ्रु, चिलिमेको थाम्पुचेत र कालिकास्थानका लागि प्रत्येक दिन कठमाडौँबाट एक-एकवटा बस छुट्ने समितिका अध्यक्ष किरणकुमार रिजालले बताए। पहिलो चरणअन्तर्गत दैनिक १४ वटा डिलक्स बस रसुवाको थाम्पुचेत र नुवाकोटको विभिन्न भूभाग र केरुङसम्म आउजाउ गर्ने र यात्रुको चापलाई ध्यान दिँदै आगामी…
जीवित देवीको रुपमा पुजिने भक्तपुरकी नयाँ एकान्तकुमारी जीविका बज्राचार्यलाई शनिबार आसनमा विराजमान गराइयो। उपत्यकाका तीन सहरमा तीन कुमारी हुने गर्छ। तीन कुमारी मध्ये भक्तपुरकी कुमारीलाई एकान्तकुमारी भनिन्छ। फोटो : रमेश गिरी/रासस
म्याग्दी : गएराति परेको वर्षापछि आएको बाढीले म्याग्दीको बेग–६ मा ११ वटा घर बगाएको छ। बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा खहरेखोलाबाट आएको बाढीले ११ वटा घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुल समेत बगाएको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए। राति एक्कासि बाढी…
खजुरा (बाँके) : बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एक जनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा रहेका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको मृत्यु भएको हो। मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका–१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका–११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर–१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको…