PahiloPost

May 24, 2026 | १० जेठ २०८३

ग्वार्कोको खाजाघरमा प्रहरीको छापा, १५ देखि २० वर्षका ११ युवायुवती पक्राउ



रासस

काठमाडौँ : ललितपुर प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न ११ जना युवा युवतीलाई आज ग्वार्कोबाट पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त सातदोबाटोको विशेष टोलीले बालकुमारी– ग्वार्को क्षेत्रमा बेस्यावृत्तिसम्बन्धी मोलमोलाई गर्ने कार्यमा संलग्न रहेको अभियोगमा छ जना युवती र एक सञ्चालकसहित पाँचजना पुरुषलाई पक्राउ गरेको हो। 

ग्वार्कोस्थित बिएण्डबी हस्पिटल नजिक ‘मनिषा खाजाघर’ बाट अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर यादवले राससलाई जानकारी दिए। 

उनका अनुसार उक्त खाजाघरमा युवायुवती जम्मा भई यौनजन्य क्रियाकलापका लागि मोलमोलाई गरी अन्तै गएर बस्ने गरेको खुल्न आएको छ। 

पक्राउ परेकामध्ये सञ्चालक २६ वर्षीय सञ्जय पाण्डे र अन्य १५ देखि २० वर्ष उमेरका छन्। 

हाल सातदोबाटो प्रहरीमा रहेका उनीहरुलाई सोमबार यौनजन्य क्रियाकलापसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell