PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • तरवार बोकेर इन्द्रपुत्रलाई हान्दै हिँड्ने राक्षस जात्रा भक्तपुरमा आजदेखि सुरु

    भक्तपुर : धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत मूपात्र (राक्षसको प्रतीक) जात्रा आजदेखि सुरु भएको छ।  नेवार समुदायमा महत्वपूर्ण जात्राका रुपमा लिइने मूपात्र जात्रा प्रत्येक वर्ष आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म मनाइन्छ  मूपात्र राक्षसको प्रतीकको जात्रा भएकाले यस जात्रालाई राक्षस जात्रा पनि भनिन्छ। देवराज इन्द्रका छोरा जयन्तको कथासँग मिल्दोजुल्दो भएको मूपात्र जात्रा द्वापरयुगदेखि सञ्चालन भए तापनि मल्लकालमा भक्तपुरका राजा जगत्प्रकाश मल्लले…

    विस्तृतमा पढ्नुस्

  • साहित्यिक दौडमा सापकोटा, कविता पढ्दै मेची–महाकाली दौडिँदै

    साहित्यिक दौडमा सापकोटा, कविता पढ्दै मेची–महाकाली दौडिँदै

    काँकडभिट्टा (झापा) : प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाले आज काँकडभिट्टाबाट मेची–महाकाली दौड यात्रा सुरु गरेका छन्।   दुई वर्षअघि ६ हजार २ सय मिटर अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका काभ्रेपलाञ्चोकका साहित्यकार सापकोटाले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रतीक चिह्नसहित काँकडभिट्टास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकबाट आफ्नो यात्रा सुरु गरे।    उनले विश्वको प्रथम साहित्यिक आरोहणका रुपमा सगरमाथाको…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा ३५० बिरामीको उपचार गरी डा. गोविन्द केसी गाडी चढेर काठमाडौं फर्किए

    रोल्पामा ३५० बिरामीको उपचार गरी डा. गोविन्द केसी गाडी चढेर काठमाडौं फर्किए

    रोल्पा : चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका डा. गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ।   त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा आएका थिए। शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन…

    विस्तृतमा पढ्नुस्

  • तरुण दलको महाधिवेशन कात्तिक २७ देखि, विवादित जिल्लामा हस्तक्षेप गरिने

    तरुण दलको महाधिवेशन कात्तिक २७ देखि, विवादित जिल्लामा हस्तक्षेप गरिने

      काठमाडौँ : नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ।   तरुण दलको महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए। समितिको आज बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ। सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेमा…

    विस्तृतमा पढ्नुस्

  • मण्डल हत्याको आशङ्कामा तीन जना पक्राउ

    लहान : सिरहाको कल्याणपुर–९ निवासी १७ वर्षीय सुमन मण्डलको हत्या भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।   गत भदौ २३ गतेदेखि बेपत्ता भएका मण्डलको शव सोमबार कल्याणपुर गाविस–१ स्थित लोहजरा खोला छेउमा अनुहारको केही भाग जलेको र बायाँ खुट्टा जङ्गली जनावरले खाएको अवस्थामा प्रहरीले फेला परेको थियो।   घटनाको प्रकृति र स्थानीयको भनाइको आधारमा मण्डलको हत्या भएको हुन…

    विस्तृतमा पढ्नुस्

  • बाल दिवसमा राष्ट्रपतिले भनिन्- 'सुनौला हजार दिनलाई विशेष ध्यान दिऔं'

    बाल दिवसमा राष्ट्रपतिले भनिन्- 'सुनौला हजार दिनलाई विशेष ध्यान दिऔं'

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको भविष्यका आधार अहिलेका बालबालिका भएकाले उनीहरुलाई शिक्षा लिने उपयुक्त वातावरणको व्यवस्था गर्नुपर्ने बताएकी छिन्।    महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बालकल्याण समितिले राष्ट्रिय बालदिवस– २०७३ को अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि उपयुक्त पारिवारिक वातावरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिइन्।   'शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्छ,…

    विस्तृतमा पढ्नुस्

  • छात्राहरुमा ‘मास हिस्टेरिया’ देखिएपछि माविको पठनपाठन प्रभावित

    खोटाङ : छात्रामा अनौठो किसिमको लक्षण देखिएपछि खोटाङको शारदा माविको पठनपाठन प्रभावित बनेको छ।   छात्राहरुमा बेहोस भएर ढल्ने, रुने, कराउने, जथाभावी दौडने, चिच्याउने लगायतका लक्षण देखिएपछि हौंचुरस्थित सो माविको पढाइ प्रभावित भएको हो।   कक्षा ६ देखि माथिका छात्रामा महिना दिनअघिदेखि उक्त लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक रामकुमार बरुवालले जानकारी दिए। 'सुरुमा कक्षा १० मा अध्ययनरत दुई छात्रामा उक्त लक्षण…

    विस्तृतमा पढ्नुस्

  • करेत सर्पले कानमा डसेपछि किशोरीको मृत्यु

    वालिङ : स्याङ्जाको दक्षिण पूर्वी चापाकोटमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ।   चापाकोट नगरपालिका–१ क्वामी बस्ने १३ वर्षीया माया जिटीको सर्पको डसाइबाट मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालले बताए।   घरभित्र सुतिरहेकी जिटीलाई करेत सर्पले देब्रे कानमा टोकेको थियो। किशोरीलाई स्थानीय चापाकोट स्वास्थ्य चौकीमा सामान्य उपचारपछि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको र त्यहाँबाट पनि…

    विस्तृतमा पढ्नुस्

  • पुरानो बस हटाइने, प्रतिकिमि सात रुपैयाँ भाडा कायम

    रसुवा : सर्वसाधारण ग्रामीणवासीलाई यातायातको पहुँच पुर्‍याउन ग्रामीण कृषि सडकमा चल्ने सार्वजनिक यातायातका साधनको भाडादर निर्धारण भएको छ।   जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक केसीका अनुसार यातायात व्यवस्था ऐन, २०४९ नियमावली २०५४ र निर्देशिका २०६० बमोजिम अस्थायी अनुमतिका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको र ग्रामीण कच्चीसडकका लागि प्रतिकिमि सात रुपैयाँ भाडादर कायम गरिएको छ।  …

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत सन्धि सम्झौता कार्यान्वयनका लागि भूमिका खेल्न पूर्व प्रमहरुको सुझाव

    नेपाल-भारत सन्धि सम्झौता कार्यान्वयनका लागि भूमिका खेल्न पूर्व प्रमहरुको सुझाव

    काठमाडौँ : आफ्नो आसन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको परामर्शका क्रममा पूर्वप्रमहरुले बदलिँदो अवस्थामा नेपाल–भारत सम्बन्धलाई अझ उँचो बनाउन र विगतमा दुई देशबीच भएका विभिन्न सन्धि-सम्झौतालाई कार्यान्वयनमा उतार्न सुझाव दिएका थिए।    नेपाल–भारतबीचको सम्बन्ध पुरानो र घनिष्ट रहेको भन्दै उनीहरुले यो सम्बन्धलाई अझ बलियो बनाउँदै लैजान प्रम दाहालको…

    विस्तृतमा पढ्नुस्

  • मदिरा बेच्ने ४१ जना व्यापारीमाथि कारबाही

    सप्तरी : जिल्ला प्रहरी कार्यालयले दुई हप्तायता अवैध रुपमा मदिरा बिक्री वितरण गर्ने ४१ जनालाई कारबाही गरेको छ।   मदिरा नियन्त्रण अभियान अन्तर्गत जिल्लाको विभिन्न ठाउँबाट बरामद गरिएका करिब ३५ सय लिटर मदिरा नष्ट गरिएको छ।   पक्राउ पर्नेहरुलाई रु ५ हजारदेखि ३० हजार रुपैयाँसम्म जरिमाना असुल गरिएको र मदिरा बनाउनका लागि प्रयोग गरेका भाडावर्तन, साइकल लिलामीको लागि राजबिराजस्थित भन्सार…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा एक सातादेखि हवाई उडान हुन सकेन, बिरामीलाई बढी मर्का

    भोजपुर : भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ।   नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन। भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको छ।   मौसमका कारण उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए। उनले एक सातादेखि…

    विस्तृतमा पढ्नुस्

  • मुक्तिराम श्रेष्ठ चिकित्सक संघको अध्यक्ष निर्वाचित

    काठमाडौ : नेपाल चिकित्सक सङ्घको अध्यक्षमा प्रजातान्त्रिक समूहका डा मुक्तिराम श्रेष्ठ विजयी भएका छन्।   एक हजार ६५२ मत प्राप्त गरी उनी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी डा रमेश ढकालले एक हजार १३२ मत प्राप्त गरे। यसअघिका निर्वाचनमा जस्तै यस पटक पनि काँग्रेस निकट प्रजातान्त्रिक समूहले एक कोषाध्यक्ष पदबाहेक अन्य सबै पदमा विजय प्राप्त गरेको छ। त्यसैगरी वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • ​रानीपोखरी पुनःनिर्माणका लागि भयो सहमति

    ​रानीपोखरी पुनःनिर्माणका लागि भयो सहमति

    काठमाडौं : पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ।  मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले निर्माणको लागि जिम्मा पाएको कामपालाई गत १६ गतेदेखि निर्माणको काम रोक्न निर्देशन दिएको थियो।  निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै साताबाटै फेरि पुनःनिर्माणको काम सुरु…

    विस्तृतमा पढ्नुस्

  • ​नेपालमा साहसिक खेल स्कीको विकास गर्न विद्यालय खोलिने

    ​नेपालमा साहसिक खेल स्कीको विकास गर्न विद्यालय खोलिने

    सूर्यचन्द्र बस्नेत काठमाडैं : अग्ला हिमाल र चुली प्रशस्त रहेको नेपालमा हिउँमा चिप्लिएर खेलिने साहसिक खेल स्कीको विकास एवम् प्रवर्धनको प्रयास सुरु भएको छ।  हिमालको आधारशिविर, चुली एवम् हिमाली क्षेत्रमा हिउँ पाइने भएकाले स्की खेलको विकास गरेर पर्यटक आकर्षित गर्न स्की तथा स्नोबोर्डिङ प्रतिष्ठान नेपालमा आबद्ध युवाले विदेशीको सहयोगमा तालिम चलाउँदै स्की स्कुल स्थापनाको कामअघि बढाएका छन्।  यस कार्यमा जर्मनीका…

    विस्तृतमा पढ्नुस्

  • ​२० हजार लिएर जबर्जस्ती यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

    इटहरी : एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी–१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन्।  होटल सञ्चालक खत्रीले चार जना भारतीय नागरिकसँग प्रतिव्यक्ति पाँच हजारका दरले २० हजार लिई उनीहरुले नै लिएर आएको सवारीसाधनसँगै किशोरीलाई खत्री आफैँले मोटरसाइकलमा भेडेटार लैजाँदै गर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ।  होटल सञ्चालक खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • बन्द भयो नेपाल–केरुङ मार्ग

    रसुवा : आज बिहान गएको पहिरोका कारण स्याफ्रु–टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ।   जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार वृद्धिम गाविस–१ फ्याङ्लुङ खोलानजिक भीरबाट आएको ठूलो पहिरोले राजमार्ग पूर्णरुपमा क्षति हुँदा चीनबाट हुने सामान ढुवानीमा समेत प्रभावित भएको छ।     पहाडको अग्लो स्थानबाट ढुङ्गा झरिरहेकाले राजमार्ग खुलाउन अझै चार/पाँच दिन लाग्ने अनुमान…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र मन्त्री डा. महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्तामा के भयो?

    परराष्ट्र मन्त्री डा. महत र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्तामा के भयो?

    काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र भारतीय विदेशमन्त्री शुषमा स्वराजबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।  सो वार्ता निकै सौहार्दपूर्ण रुपमा भएको र त्यस क्रममा आगामी दिनमा नेपाल भारत सम्बधलाई थप सुमधुर र सुदृढ कसरी बनाउने भन्ने बारेमा छलफल भएको थियो।   आफूले नेपालको हित र स्वार्थका विषयमा भेटका क्रममा कुरा उठाएको र विदेशमन्त्री स्वराजले यी सबै विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • ​चीन जोड्ने एकमात्र सडक मार्ग फेरि पहिरोले बन्द

    रसुवा : गएरातिदेखिको निरन्तर भारी वर्षाका कारण पासाङ ल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा यातायात ठप्प भएको छ। चीनको तिब्बत जोड्ने चालु अवस्थाको योमात्र एक राजमार्ग हो।   जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार राम्चे, मूलखर्क, भार्खु क्षेत्रका सडकमा पहिरोका कारण यातायात बन्द भएको हो।   बाटो खुलाउन भारी वर्षा भइरहेकाले सडकमा डोजर गुडाउन असहज भइरहेको छ।   पहिरो गएका…

    विस्तृतमा पढ्नुस्

  • जापानमा नखाई लगातार काम गर्दा मृत युवाका परिवारलाई २७ लाख जापानी येन

    टोकियो : अध्ययनका लागि दुई वर्षअघि जापान आएर उपचारका क्रममा तीन साताअघि मृत्यु भएका सिन्धुली लाम्पनडाँडा–५ का २२ वर्षीय रमेश तामाङको परिवारलाई तामाङ समाज जापानले २७ लाख २० हजार जापानीयेन सहयोग प्रदान गरेको छ।   मृतक रमेशको नाममा उठेको सो रकम सहयोग शनिबार नेपाल पठाएर परिवारलाई हस्तान्तरण गरिएको तामाङ समाज जापानका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए।   सहयोग जुटाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell