PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

तरुण दलको महाधिवेशन कात्तिक २७ देखि, विवादित जिल्लामा हस्तक्षेप गरिने



रासस

तरुण दलको महाधिवेशन कात्तिक २७ देखि, विवादित जिल्लामा हस्तक्षेप गरिने

 
काठमाडौँ : नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ।
 
तरुण दलको महाधिवेशन कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिए। समितिको आज बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ। सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुन नसकेमा निर्देशन समितिले हस्तक्षेप गरी कात्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ।
 
केही जिल्लामा देखिएको विवादका कारण समयमै जिल्ला अधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको मिति सारिएको हो। यसअघि सो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने भनिएको थियो।
 
हालसम्म ६२ जिल्ला अधिवेशन मात्र सम्पन्न भएको र अन्य जिल्लामा हुने क्रममा रहेको अध्यक्ष उदयसम्शेर राणाले जानकारी दिए। यसअघि  भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो।
 
दुई कांग्रेस एकीकरणपछि  २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले ६ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell