गोरखा : दसैँका मुखमा जिल्लाका उत्तरी भेगका १४ गाविसमा खाद्यान्नको अभाव भएको छ। सदरमुकामस्थित नेपाल खाद्य संस्थानको डिपोमा चार हजार क्विन्टल खाद्यान्न मौज्दात रहे पनि दुर्गमका डिपोमा विगत एक वर्षदेखि खाद्यान्न ढुवानी हुन सकेको छैन। ढुवानी हुन नसक्दा जिल्लाका काशीगाउँ, केरौँजा, सिर्दिवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, छेकम्पार, उहिया, गुम्दा र लाप्राकलगायत १४ गाविसमा चामलको अभाव हुँदै आएको…
भीमदत्तनगर : कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ। गएराति मृतकका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए। ‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यान केन्द्रित गरेको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले भने, 'टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले थप…
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत एकसय १७ कर्मचारी तलब भत्ता खानबाट वञ्चित भएका छन्। प्रतिष्ठान पदाधिकारीविहीन हुँदा यो समस्या आएको हो। प्रतिष्ठानका उप–कुलपति पारसकुमार आचार्यको जेठमा र रजिष्ट्रार श्याम लम्सालको साउन महिनामै कार्यकाल समाप्त भइसकेको छ। अहिलेसम्म सरकारले नयाँ पदाधिकारी नियुक्त नगरेकाले यो समस्या आएको प्रतिष्ठानका शिक्षाध्यक्ष धर्मराज श्रेष्ठले जानकारी दिए। शिक्षाध्यक्ष श्रेष्ठले स्वास्थ्य…
राजविराज : विभिन्न मुद्दामा फरार आठ प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले दुई दिनमा फरार आठ अभियुक्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। जिल्ला अदालत राजविराजबाट ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना १८ दिन कैद पाएर विगत १६ वर्षदेखि फरार रहेका जोगिनिया–२ (हाल हनुमाननगर योगिनिमाई नपा–२) बस्ने खुसीलाल…
खोटाङ : सडक दुर्घटना न्युनीकरण गर्न खोटाङमा बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ। निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि यात्रुबाहक बस तथा जिप चलाउन रोक लगाइएको हो। यातायात व्यवसायीकै उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको…
सुरुङ्गा (झापा) : औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा सिल गरेको छ। विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको टोलीले बिर्तामोडमा सञ्चालित नवदुर्गा फार्मेसीमा सिलबन्दी गरेको हो। अनुगमनका क्रममा पसल सञ्चालनका लागि आवश्यक पर्ने कागजात देखाउन नसकेको र नेपालमा प्रतिबन्धित औषधिको खुलेआम बिक्री…
काठमाडौं : बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ। नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो। कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताए। 'कोकाकोला जस्तो…
चन्द्रौटा (कपिलवस्तु) : कपिलवस्तुको कृष्णनगरमा रहेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका (डिएसपी) प्रहरी नायब उपरीक्षकलाई कुरान प्रदान गरिएको छ। राष्ट्रिय मदरसा सङ्घले कृष्णनगरमा आएका (डिएसपी) प्रहरी नायव उपरीक्षक तारिखचन्द्र चौधरीलाई मुस्लिमको पवित्र धार्मिक ग्रन्थ कुरान प्रदान गरिएको हो। चौधरीसहित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मका प्रहरी निरीक्षक परशुराम पन्थी र इलाका प्रहरी कृष्णनगरका प्रमुख…
काठमाडौं : नेपालमा वार्षिक ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको एक अध्ययनले देखाएको छ। सुरक्षित गर्भपतन सेवा दिवस–२०७३ का अवसरमा यस क्षेत्रमा कार्यरत संस्था कृपाले प्रसूतिगृहमा आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक ६ लाख गर्भवती हुनेमा ८० हजारले सुरक्षित गर्भपतन सेवा लिने गरेको जानकारी दिइयो। प्रसूतिगृहका निर्देशक डा. जागेश्वर गौतमले सो अस्पतालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा…
काठमाडौं : ‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्क सम्झेर नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन्। पिउन अयोग्य मात्र होइन, ती कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन्। बोतल तथा जार एसोसिएशनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौँ उपत्यकाभित्र एक लाख २० हजार जार र दुई लाख बोतलका पानी दैनिक रुपमा खपत भइरहेका…
चितवन : भरतपुर उपमहानगरपालिका–१० भरतपुर ओरालोमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको ना३ख ९४३९ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना४१प ६३९७ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी भरतपुर उपमहानगरपालिका वडा नं ४ का…
कपिलवस्तु : वाणगङ्गा नदीमा गए राति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वाणगङ्गा नगरपालिका–१४ मधुवनका ४५ वर्षीय भीम अर्याल र उनकी भाउजू ५९ वर्षीया लीला जिसी भएको प्रहरीले जनाएको छ। लीलाका नाति नौ वर्षीय सुशील भने बाँच्न सफल भएका छन्। वाणगङ्गा–१० झङ्गामा आफन्तलाई भेटेर घर फर्कंदै गर्दा उनीहरुलाई बाढीले बगाएको थियो।
पाँचथर : पाँचथरको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना हेंवा खोलामा डुबेर बेपत्ता भएका एक बालक अझै फेला परेका छैनन्। फिदिम नगरपालिका–४, थापाटार बस्ने रेशम कटुवालका ८ वर्षीय छोरा रिसव बुधबार हेंवाखोलामा डुबेर बेपत्ता भएका थिए। खोलापारिबाट खोलावारि घर आउने क्रममा डुङ्गाबाट चिप्लेर उनी खोलामा डुबेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाउनासाथ सदरमुकामबाट उद्धार सामग्रीसहित प्रहरी टोली घटनास्थल…
फलेवास (पर्वत) : पर्वतका ग्रामीण सडक अवरुद्ध हुँदा बिरामीको उपचार गर्नका लागि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको छ। पर्वतको सदरमुकाम कुश्मादेखि दक्षिण रानीपानी जोड्ने सडक अवरुद्ध हुँदा करिब दुई लाख रुपैयाँ खर्चिएर बिरामीलाई राजधानी लैजानुपरेको हो। छिमेकी जिल्ला बागलुङको दक्षिण भेगस्थित छिस्ती गाविसका ५५ वर्षीय टीकानिधि पाध्यालाई बुधबार साँझ श्री एअरलाइन्सको हेलिकप्टरमार्फत राजधानी लगिएको हो। मङ्गलबारदेखि एक्कासि बिरामी…
काठमाडौं : देशको मध्य र पूर्वी भेगमा न्युनचापीय क्षेत्रको प्रभावका कारण मौसममा खराबी आएको छ। उक्त प्रणालीको असरस्वरुप मौसम बदली भई मध्य र पूर्वका अधिकांश भेगमा बर्सात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वमा न्युनचापीय क्षेत्र र मध्यमा न्युनचापीय रेखाको प्रभावले बदलीसँगै वर्षा भएको मौसमविद् विभूति पोखरेलले बताए। उनका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षा भएको छ, भने सुदूरपश्चिममा कुनै…
वीरगन्ज : प्रदेश नं २ को उच्च अदालत जनकपुरका लागि अस्थायी इजलास वीरगन्जमा स्थापना भएको छ। स्थापित इजलासबाट आजदेखि काम पनि सुरु गरिएको छ। नेपाल सरकारको भदौ २९ गतेको निर्णयअनुसार सो इजलास स्थापना भएको हो। यसले बारा, पर्सा तथा रौतहट जिल्लाका सेवाग्राहीलाई न्याय सेवा पुर्याउनेछ। जनताको घरदैलोसम्म न्याय सेवा पुर्याउने उद्देश्यले अस्थायी इजलास वीरगन्जमा स्थापना गरिएको सो इजलासका मुख्य…
गाईघाट (उदयपुर) : जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीय चक्रबहादुर मगर र ५० वर्षीय जगतबहादुर मगर रहेका छन्। उनीहरुको उपचारको क्रममा लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिए। बिहान सुतिरहेका अवस्थामा घर नजिकैको विद्युत्को पोलमा…
नगरकोट : नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ। उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए। उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोट हुँदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थान हुँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ। सो सेवाबाट…
इनरुवा : सुनसरीको प्रकाशपुर गाविस–५ राजावासस्थित सप्तकोसी नदीमा शनिबार भएको डुङ्गा दुर्घटनाको विषयमा छानबिन समिति गठन भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले सप्तकोसी नदीमा डुङ्गा दुर्घटनाको विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको सुनसरीका प्रजिअ मोहनबहादुर चापागाईंले जानकारी दिए। बैठकले सहायक प्रजिअ कमल थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको…
नयाँदिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारतको चार दिने स्टेट भिजिट सकाएर आज स्वदेश फर्कँदै छन्। दिउँसो १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी काठमाडौँका लागि प्रस्थान गर्ने छन्। वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ । भारत भ्रमणमा निस्कनुभन्दा…