PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

​नगरकोट - काठमाडौँ बस चल्ने



रासस

नगरकोट : नगरकोटबाट काठमाडौँसम्म बस सेवा सञ्चालन हुने भएको छ।
 
उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाको उद्घाटन गर्दै सङ्घका अध्यक्ष जीवन खत्रीले दसैँलगतै नगरकोट तथा कलमसीबाट काठमाडौँ रत्नपार्कसम्म बस सञ्चालन गरिने बताए। 
 
उत्तरपूर्वी बस व्यवसायी सङ्घले हाल भक्तपुर कमलविनायकबाट खरिपाटी, तेलकोट हुँदै नगरकोटसम्म र कमलविनायकबाट जितपुर, सरस्वती स्थान हुँदै कलमसीसम्म बससेवा सञ्चालन गर्दै आएको छ। सो सेवाबाट भक्तपुरको उत्तरपूर्वी क्षेत्रका तथा काभ्रेका बासिन्दा लाभान्वित भएका छन्।
 
यसैबीच उत्तरपूर्वी बस व्यवसायी सङ्घको तेस्रो साधारण सभाले सङ्घको अध्यक्षमा पुनः जीवन खत्रीलाई चयन गरेको छ। उपाध्यक्षमा राजेन्द्र तिमिल्सिना, महासचिवमा पुरुषोत्तम राजभण्डारी, कोषाध्यक्षमा सागर तिमिल्सिना तथा सदस्यहरुमा सुनिता तामाङ, सन्तबहादुर वाइवा र कुमाले बानियाँ चयन भएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell