वालिङ : स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा बगेका बालकको बुधबार अचेत अवस्थामा उद्धार गरिएको छ। आमासँग कालीगण्डकी नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका हुन्। “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो”, रेशम पोख्रेलले भने, “बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पुर्याएको थियो, पौडिएर बालकलाई बल्ल…
कावासोती : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का…
प्रकाश सिलवाल - काठमाडौँ : प्रमुख दल मिलेर ल्याइएको संविधान कार्यान्वयनको सैद्धान्तिक आधारमा उनीहरुबीच विवाद देखिँदैन। लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको ऐतिहासिक जनआन्दोलनका मुख्य शक्ति नै अहिलेका प्रमुख दल भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गरी एक ठाउँमा उभिएर २०७२ असोज ३ मा सात प्रदेशको सङ्घीयतासहितको संविधान जारी गराउनु मात्र उनीहरुको दायित्व थिएन। संविधानका कतिपय प्रावधानमा आ–आफ्ना फरक मान्यता राख्ने…
रत्ननगर : चितवनको लङ्कुका युवाले सामाजिक सञ्जाल(फेसबुक)बाट साइनो गाँसेर सरसफाइ अभियान थालेका छन्। उनीहरुले फोहर व्यवस्थापन गर्दै समाजमा सरसफाइसम्बन्धी सचेतना बढाउन ‘हप्तामा एक दिन एक छिन्, समाजका लागि’ भन्ने नयाँ अभियान सुरु गरेका हुन्। फेसबुकमा जोडिएर बनेको ‘लङ्कु चौतारी वे ग्रुप’बाट सञ्चालित उक्त अभियानमा युवा सडक, गाउँ मन्दिर तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गर्ने र सरसफाइका लागि समाजमा चेतना दिने…
दमक : झापा र मोरङ जिल्लामा बस्दै आएका भुटानी शरणार्थीमा बडादसैँको खासै रौनक छाएको छैन। शिविर आसपासका क्षेत्रमा बडादसैँको बेग्लै रौनक छाइरहेका बेला झापाको दमक–५ स्थित बेलडाँगी शरणार्थी शिविरमा भने खासै चहलपहल छैन। शरणागत भुटानी शरणार्थीलाई सन् २००८ देखि तेस्रो देश पुनर्वास गराएपछि शिविरमा दसैँजस्ता चाडपर्वको रौनक घट्दै गएको हो। दमक बेलडाँगी–१ हटनम्बर ३७ का वृद्ध मेकमान तामाङका…
सिबी अधिकारी - काठमाडौँ : ‘मिस टुरिजम’ को उपाधि चुमेकी ओरुषा थापा पर्यटनमै आफ्नो भविष्य खोज्ने आकाङ्क्षामा जुटेकी छिन्। व्यवस्थापन (बिबिए)मा अध्ययनरत थापाले नेपालमै पहिलोपटक गत भदौ २५ मा आयोजित प्रतियोगितामा ‘मिस टुरिजम’ को ताज पहिरिएकी थिइन्। थापाले आफ्ना २० प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि हात पारेकी हुन्। विश्व पर्यटन बजारको आकर्षणले यी १८ वर्षे युवतीलाई पनि उत्प्रेरित…
दसैँ मनाउन घर गएका सर्वसाधारणहरु काठमाडौँ फर्केपछि बिहीबार राजधानीमा यातायतका साधन पनि बढेको छ। बुधबारको तुलनामा बिहीबार सडकमा यातायातको संख्याका बृद्धि भएको ट्राफिकको भनाइ रहेको छ। हेर्नुस रोशन सापकोटाले खिचेका ४ फोटो
गाईघाट (उदयपुर) : उदयपुरको बेल्टार बसाहा नगरपालिका–२ श्रीवानी बस्ने राजेन्द्र कटुवालको श्रीमती ३४ वर्षीया भीमकुमारी कटुवालको चार दिन अघि मोरङस्थित सिजुवाको बेतौना जङ्गलमा हत्या भयो। घटना अनुसन्धानमा लागेको इलाका प्रहरी कार्यालय बेल्टार अभियुक्तहरुको खोजीमा लागिरहेको थियो। तर पक्रा परे श्रीमान् राजेन्द्रसहित ६ जना घरपरिवारकै सदस्यहरु। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार तीन वर्षदेखि मोरङको सिजुवामा बसोबास गर्दै आएका राजेन्द्रका भाइ…
गोरखा : गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। आज बिहान ११ बजे गोरखा दरबारको दसैँघरबाट विधिपूर्वक पूजाअर्चना गरिएको फूलपाती सुसारेको टोलीले हनुमानढोका दरबारतर्फ लगेका हुन्। बोलेरो जिपमार्फत फूलपाती हनुमानढोकातर्फ पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए। गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्याएपछि आज साँझ हनुमानढोका दरबारमा हर्ष बढाइँका साथ…
धनगढी : कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ। बा६७प ५०२३ नम्बरको मोटरसाइकलमा पेट्रोल भर्दैगर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो। पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालले सञ्चालन गर्दै आएका छन्। बिहान साढे ७ बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पम्पमा पनि क्षति पुगेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। आफ्नो मोटरसाइकलमा तेल भर्न स्थानीय…
महोत्तरी : घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको मैथिली सामाजिक संस्कृतिलाई चिर्दै धनुषाकी एक महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन्। परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै धनुषाको मिथिला नगरपालिका—८ लक्ष्मीनिवासकी ६५ वर्षीया गुलेविया देवीले श्रीमानको अन्तिम इच्छा पूरा गर्नका लागि चितामा दागबत्ती दिई किरियापुत्रीसमेत बसेकी छिन्। दुई छोरा, तीन छोरी एवम् नातिनातिनी समेत…
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ। वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो। वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट बजेट कार्यान्वयनका लागि समिति गठन गरेको मन्त्रालयका प्रवक्ता पेमनारायण कँडेलले जानकारी दिए। …
बैतडी : महाकाली सेती यातायात व्यवसायी समितिले पहिलोपटक बैतडी–काठमाडौँ एसी बस सेवा सुरु गरेको छ। यात्रुको मर्कालाई तथा दसैँ तिहारलाई ध्यानमा राखी आजदेखि बैतडी–काठमाडौँ एसी बस सञ्चालनमा ल्याइएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु कँडेलले जानकारी दिए। बसमा फ्रि वाइफाइ, खाना, पानी र पत्रिकाको समेत व्यवस्था छ। 'लामो यात्रामा यात्रुलाई समस्या भएपछि एसी बस सञ्चालन गरेका हौँ,'…
धनगढी : स्वास्थ्य मन्त्री गगनकुमार थापाले अनसनमा रहेका प्राध्यापक डा गोविन्द केसीको जीवनरक्षाका निम्ति सहयोग गर्न सांसदहरुसँग आग्रह गरेका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले स्वास्थ्य मन्त्रालयभित्र गलत कुरा हुन नदिने भनेर आफूले डा केसीसँग अनसनमा नबसिदिन आग्रह गरेको स्मरण गरे। 'त्रिभुवन विश्वविद्यालयको डिन नियुक्तिको विषय टुङ्गिन सकेमा डा केसीको अनसन अन्त्य हुन सक्छ,' उलने भने।…
रत्ननगर (चितवन) : ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन्। चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु चौधरीले सो पुरस्कार प्राप्त गर्ने भएका हुन्। जनही एक हजार डलर राशीको उक्त पुरस्कार अन्तर्राष्ट्रिय…
रत्ननगर (चितवन) : चाडपर्वलाई लक्षित गरी दुर्घटना न्युनीकरण गर्न राजमार्गमा गुडिरहेका गाडी रोकेर चालकको नेत्र परीक्षण सुरु गरिएको छ। जिल्लास्थित प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले संयुक्तरुपमा सवारी दुईदिने नेत्र परीक्षण शिविर सञ्चालन गरिएको ट्राफिक प्रहरी प्रमुख राजन भेटवालले जानकारी दिए। सोमबारको नेत्र परीक्षणका क्रममा ६६ चालकको आँखा जाँच भएको र आज पनि शिविर जारी रहेको उनले बताए।…
काठमाडौँ : परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताएका छन्। रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री डा महतले सार्क सम्मेलन स्थगित भएपछि सरकारले सार्क राष्ट्रको अध्यक्षको नाताले सबैलाई सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिए। सार्कको बडापत्रमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकाले सबै…
काठमाडौँ : असोज व्यवस्थापिका–संसद्को आजको बैठकमा कोरम नपुगको भन्दै आज दुईपटक जनाउ घन्टी बजाएर सांसदको गणना गरियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको ‘निर्वाचन आयोग विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने बेलामा सांसद प्रेम सुवालले कोरम नपुगेको भन्दै नियमापत्ति गरेका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाएर सांसद गणना गर्न सचिवालयलाई निर्देशन…
रमेश लम्साल काठमाडौं : तपाईंको घर तथा आसपासमा विद्युत भार कटौतीको समयभन्दा बढी समय विद्युत् कटौती भएको छ? नो लाइट शाखामा फोन गर्दा फोन उठ्दैन? वा उठाएर पनि कर्मचारीले वास्त गरेका छैनन्? अब चिन्ता छाड्नुस् उजुरी गर्नोस्। अब सरकारले उपभोक्ताका यस्तै गुनासोलाई सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र बनाएको छ। नो लाइट शाखामा काम गर्ने कर्मचारीको व्यवहार रुखो भएको, उनीहरुले…
मेलम्ची : अविरल वर्षाका कारण सिन्धुपाल्चोक राम्चेमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका दुईको शव आज प्रहरीले फेला पारेको छ। सिन्धुपाल्चोक राम्चेका चन्द्रकान्त तिमल्सिनाका कान्छा छोरा उद्धव तिमल्सिना र उनको श्रीमती सम्झनाको शव फेला पारेको हो। गएराति २ बजे गएको पहिरोमा दुवै वेपत्ता थिए। पहिरोले पुरिएको ठाउँवाट दुवैको शव आज प्रहरीले निकालेको हो। पहिरोमा परेर चन्द्रकान्तका जेठा छोरा रामकुमार…