गाईघाट : उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् । प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो । कालीचनले टोलका साथीसँग…
पर्सा : पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो । तीनै स्थानमा भएको आगलागीमा परि रु ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर…
मुस्ताङ : भूकम्पले जीर्ण बनेको मुस्ताङको लोमान्थाङ दरबारको पुनःनिर्माणका लागि सरकारले बजेट पठाउन ढिला गरेपछि स्थानीय कै पहलमा पुनःनिर्माण गरिएको छ। भूकम्पका कारण दरबारको पूर्वतर्फको भाग चिरा परेको थियो । तलदेखि नै चिरा परेको दरबारलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रभावितको सूचीमा राखेर पुनःनिर्माणका लागि पुरातत्व विभागमा सिफारिस गरे पनि बजेट आउन ढिलाइ भएका कारण स्थानीयवासीकै अग्रसरतामा पुनःनिर्माण गरिएको हो । …
कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनवल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना४ख ७८२४ नम्बरको माइक्रो बसले विपरीत दिशातर्फ गुडिरहेको ना२९प २३८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु– ७ चोरमाराका ४७ वर्षीय परशुराम ढकाल र ३५ वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो। …
काठमाडौँ : संविधान संशोधनको मागसहित आन्दोलनरत सङ्घीय गठबन्धन र सत्तारुढ दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ पहिलो पटक औपचारिक वार्ता भएको छ। मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले तीनबुँदे सम्झौताअनुरुप औपचारिक रुपमा वार्ता प्रक्रिया अघि बढाउन शनिबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएलगत्तै आज औपचारिक वार्ता भएको हो । सरकारसँगको पहिलो औपचारिक वार्ता सकारात्मक बनेको गठबन्धनका सचिवालय संयोजक राजेन्द्र श्रेष्ठले बताए। उनले भने, “दुई महिनाका बीचमा…
काठमाडौँ : काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा पाँच तले भवनमा एकै समयमा ४०० गाडी अट्ने कार पार्किङ बन्ने भएको छ। व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन्। ती तीन समूहले बुझाएको अध्ययन…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन्। आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गरे। महाभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो – “कार्कीविरुद्ध महाभियोग प्रस्ताव…
सञ्चिता घिमिरे - ललितपुर : हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे। उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन्। अहिलेसम्म त्यो सुरक्षित छ। सालिकको मात्रै नभई सिङ्गो पाटनका बारेमा हजुरबाबाट सुनेका पिफ्रिर्कन भूकम्पपछिको अवस्था हेर्नकै लागि आएका बताएको पाटन सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए। अघिल्लो…
बुटवल : नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसद्मा पेस गरिएको महाभियोग प्रस्ताव प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताएका छन्। उनले नेपाली काँग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसदमा पेस भएको महाभियोग प्रस्तावबारे काँग्रेसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने…
गाईघाट (उदयपुर) : बेल्टार बसाहा नगरपालिकाकी एक १३ वर्षीया किशोरीले भोगेको पीडा असहनीय छ। किशोरीकी आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएकी थिइन्। आमा विदेशिएपछि उनलाई बुबाले छ महिनादेखि जबर्जस्ती गर्दै आएका थिए। आफ्नै बुबाको यौन दुर्व्यवहार पछि किशोरी भागेर मावली गइन्। तर त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरे। मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई…
काठमाडौँ : काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा पाँच तले भवनमा एकै समयमा ४०० गाडी अट्ने कार पार्किङ बन्ने भएको छ। व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले अध्ययनको काम गरिरहेका छन्। ती तीन समूहले बुझाएको अध्ययन…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोगको प्रस्ताव भारतको इसारामा आएको दाबी गरेका छन्। आज ट्रक व्यवसायी सङ्घ भक्तपुरको १७औँ वार्षिक साधारणसभामा बोल्दै उनले महाअभियोग प्रस्ताव एमालेले ल्याएको नभई भारतको इसारामा आएको दाबी गरे। महाभियोग प्रस्ताव संविधान संशोधनमा एमालेलाई हस्ताक्षर गराउने चालमात्रै भएको जिकिर गर्दै अध्यक्ष बिजुक्छेले भन्नुभयो – “कार्कीविरुद्ध महाभियोग प्रस्ताव…
किरण भट्टराई - काठमाडौँ : सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन आज बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन। कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित थिए। तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर…
काठमाडौँ : व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली दूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । कुटनीतिक परिसर संवेदनशील हुने भएकोले जमिनमुनि मेट्रो रेल गम्भीर विषय बनेको हो। जमिनमुनि रेल चल्दा दूतावास परिसर भवन चर्कन थालेको समाचार मिडियामा आएका छन्। समितिको आज बसेको बैठकले नेपाल–भारत…
काठमाडौं : आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत आज बुधबार त्यसतर्फ प्रस्थान गर्दै छन्। सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै छन्। सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ…
हेटौँडा : आज दिउँसो करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ स्थित नापी कार्यालय मकवानपुर रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई सो कार्यालयको कर्मचारी र सर्वसाधारणसहित ७० जना घाइते भएका छन्। घाइतेमध्ये २५ जना हेटौडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी…
काठमाडौँ : व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली दूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । कुटनीतिक परिसर संवेदनशील हुने भएकोले जमिनमुनि मेट्रो रेल गम्भीर विषय बनेको हो। जमिनमुनि रेल चल्दा दूतावास परिसर भवन चर्कन थालेको समाचार मिडियामा आएका छन्। समितिको आज बसेको बैठकले नेपाल–भारत…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीकी छोरी आध्याश्री कार्की र प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ। कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहेका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो। कार्कीकी छोरी आध्याश्री कार्कीलाई मेडिकल विज्ञका रुपमा अवैतनिक रुपमा राखिएको थियो। आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका…
काठमाडौं : आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा प्रकाशशरण महत भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्दै छन्। सो बैठकमा नेपालका तर्फबाट मन्त्री डा महत र भारतका तर्फबाट विदेशमन्त्री सुषमा स्वराजले प्रतिनिधित्व गर्दै छन्। सो बैठकमा नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाको बारेमा बृहत् समीक्षा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ…
इटहरी : श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन्। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीले शनिबार साँझ धरानमा आयोजना गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। मन्त्री सुब्बाले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि धर्मविशेषको राज्य हुन नसक्ने बताउँदै…