PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दिल्लीको नेपाली दूतावासमुनि रेल चलाउन सरकारले कसरी अनुमति दियो? संसदीय समितिले माग्यो कागजात



रासस

काठमाडौँ : व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली दूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । 

कुटनीतिक परिसर संवेदनशील हुने भएकोले जमिनमुनि मेट्रो रेल गम्भीर विषय बनेको हो। जमिनमुनि रेल चल्दा दूतावास परिसर भवन चर्कन थालेको समाचार मिडियामा आएका छन्।  

समितिको आज बसेको बैठकले नेपाल–भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पनि पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। 

बैठकले उक्त विषयका लागि परराष्ट्र मन्त्रालयको स्पष्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ।

आजको बैठकमा प्रबुद्ध समूहका संयोजक डा भेषबहादुर थापालगायत सदस्यले समूहको कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell