PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

डा. महत भन्छन्- महाभियोग प्रक्रिया अघि बढ्छ तर हचुवाको भरमा कसैलाई फँसाउन हुन्न



रासस

डा. महत भन्छन्- महाभियोग प्रक्रिया अघि बढ्छ तर हचुवाको भरमा कसैलाई फँसाउन हुन्न

बुटवल : नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसद्मा पेस गरिएको महाभियोग प्रस्ताव  प्रक्रिया अघि बढ्ने तर हचुवाको भरमा कसैलाई फसाउन पनि नहुने र कोही पनि भ्रष्टाचारीलाई मुक्ति दिन नहुने बताएका छन्।
 
उनले नेपाली काँग्रेसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसदमा पेस भएको महाभियोग प्रस्तावबारे काँग्रेसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने बताए। 

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता महतले मधेसको मुद्दालाई समाधान गर्न, संविधान संशोधन गर्नका लागि काँग्रेस र माओवादीको सरकार बने पनि प्रधानमन्त्री दाहालले काँग्रेसलाई बाइपास गरेर एकलौटी निर्णय गरेको बताए। 

मधेसको मुद्दालाई सम्बोधन गर्न र संविधान संशोधनका लागि सबैको सहमति आवश्यक रहेको उनले बताए। उनले भने–“अहिलेको महत्वपूर्ण काम मधेस आन्दोलनको सम्बोधन हो। तर यो काम काँग्रेसले मात्र गरेर हुँदैन। एमाले पनि सहमत हुनुपर्छ । सरकारको पहल पर्याप्त भएको छैन्।” 

उनले स्थानीय तहको पुनःसंरचनाको विषयमा गम्भीर रुपले काम नभएको बताउँदै गम्भीर रुपले पहल भए मात्र स्थानीय निर्वाचन हुनसक्ने र संविधान कार्यान्वयनमा सहज हुने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell