PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

  • ४० करोड दिएर साझाको जग्गा लिलामी रोक्न प्रमको निर्देशन

    ४० करोड दिएर साझाको जग्गा लिलामी रोक्न प्रमको निर्देशन

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्।  ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा आज प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो निर्देशन दिएका हुन्।  प्रकाशनले सो बैंकलाई तिर्नुपर्ने रु सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई एमाले सचिवको चुनौति : कि चुनाव गर कि पद छाड

    दमौली : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव गर्न नसके तत्काल पद छाड्नुपर्ने बताएका छन्।  एमाले व्यास नगर कमिटीद्वारा दसैँतिहार, छठ र नेपाल संवत्का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा नेता भट्टराईले भने, “कि चुनाव गर कि पद छाड ।”  सचिव भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई तत्काल राजीनामा दिन सुझावसमेत…

    विस्तृतमा पढ्नुस्

  • शिरिष गुरुङलाई उछिन्दै शुभम श्रेष्ठले पौडीमा राखे राष्ट्रिय कीर्तिमान

    काठमाडौँ : दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप–२०१६ मा शुभम श्रेष्ठले २०० मिटर ब्रेस्ट स्ट्रोकमा दुई मिनेट ४२.६२ सेकेन्ड समयका साथ राष्ट्रिय कीर्तिमान समेत कायम गरेका छन् । यसअघि यो विधामा शिरीष गुरुङका नाममा दुई मिनेट ४२.७२ सेकेन्डको कीर्तिमान थियो ।  नेपाली पौडी टोलीले १८ वर्षमाथिको रिलेमा कास्य पदक पनि जितेको छ। श्रीलङ्कामा आज सम्पन्न पुरुष १०० मिटर गुणा ४ फ्रि–स्टायल रिलेमा…

    विस्तृतमा पढ्नुस्

  • श्रीमानको हत्या गरी लाश गाड्न खोज्दा छोराले देखेपछि फरार महिला आज पक्राउ

    धनगढी : कैलालीको घोडाघोडी नगरपालिका–६ शीतलपुर गाउँमा बन्चरो प्रहार गरी श्रीमान्को हत्या गरेको आरोपमा लक्ष्मीदेवी विष्टलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।  स्थानीयवासी ३२ वर्षीय लालबहादुरको हत्या गरेको आरोपमा उनकी श्रीमती मङ्गली भनिने लक्ष्मीदेवीलाई सोही ठाउँको थुम्की भन्ने ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले लक्ष्मीदेवीले श्रीमान्को हत्या गरी घर नजिकै खाल्डो…

    विस्तृतमा पढ्नुस्

  • मोहन वैद्य नेतृत्वको माओवादी महाभियोग प्रस्तावको पक्षमा

    काठमाडौँ : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगका प्रस्तावका पक्षमा उभिएको छ ।  माओवादीका प्रवक्ता हरिभक्त कँडेलले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ – “हाम्रो पार्टी सरकार, सत्ता वा सरकारी सेवामा रहेका कुनै पनि व्यक्तिबाट पदको दुरुपयोग तथा भ्रष्टाचार गरिएको स्थितिमा त्यस प्रकारका व्यक्तिहरुमाथि अनुशासनको कारबाही हुनुपर्ने कुरामा दृढ…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको बचाउ सरकारी वकिलले गर्न सक्दैन : महान्यायाधिवक्ता

    काठमाडौँ : महान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको संरक्षण सरकारी वकिलले गर्न नसक्ने बताएका छन्।  महान्यायाधिवक्ता कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले महाअभियोग लागेका संवैधानिक निकायको व्यक्तिमाथि सरकारी वकिलले संरक्षण गर्न नसक्ने बताएका हुन्।  महान्यायाधिवक्ता श्रेष्ठले भने, “महाअभियोग एकप्रकारको सजाय हो, त्यसको संरक्षण महान्यायाधिवक्ता कार्यालयले गर्दैन ।”  द्वन्द्वकालका घटनाका सबै मुद्दामा माफी नहुने दोहोर्‍याउँदै…

    विस्तृतमा पढ्नुस्

  • लोकमानविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुन्छ : माओवादी सांसद

    काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सांसद तथा महाअभियोग सिफारिस समितिका सदस्य अमनलाल मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव दुई तिहाइ मतले पारित हुने बताएका छन्।  आज रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले संविधान कार्यान्वयनको प्रमुख पाटोका रुपमा यो प्रस्ताव रहेकाले सर्वसम्मतरुपमा प्रस्ताव पारित हुने उल्लेख गरे। उनले भने, “ कानुनभन्दा माथि कोही…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगबारे प्रम प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा वार्ता

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ। माओवादी केन्द्रीय कार्यालयको आजको बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • ​अमेरिकामा निर्वाचनको तरङ्ग : हिलारी कि ट्रम्प?

    ​अमेरिकामा निर्वाचनको तरङ्ग : हिलारी कि ट्रम्प?

    एलिजाबेथ ड्रियु- अमेरिकी राष्ट्रपतिको निर्वाचनले यस बर्ष विश्वकै ध्यान केन्द्रित गरेको छ । यहाँको प्रतिनिधि सभा र सिनेटमा कसले प्रभाव जमाउने भन्ने सवाल अहिले अर्काे चर्चाको बिषय हो । अमेरिकी कङग्रेसको निर्वाचन परिणामले अमेरिकी राष्ट्रपतिको एजेण्डा निर्धारण गर्ने हँुदा यसलाई पनि विशेष महत्वका साथ हेरिएको छ ।  अमेरिकामा राष्ट्रपतिसँग सम्पूर्ण शक्ति निहित हुन्छ । अमेरिकी एकसय सदस्यीय सिनेटले अन्तर्राष्ट्रिय सन्धि,…

    विस्तृतमा पढ्नुस्

  • लोकमानमाथि महाभियोग प्रक्रिया अघि बढेपछि अख्तियारको काबा प्रमुखमा बस्न्यात

    लोकमानमाथि महाभियोग प्रक्रिया अघि बढेपछि अख्तियारको काबा प्रमुखमा बस्न्यात

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन्।   प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातले कार्यबाहकको जिम्मेवारी सम्हालेका हुन्।आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए। आयोगमा हाल पाँच आयुक्त छन्।   नेकपा (एमाले) र…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा 'स्थानीय चुनाव', गाउँलेले चुने आफ्नो नेता

    मुस्ताङ : लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैंले चुनेका छन्।   थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन्।    पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन्। पाँचवटै…

    विस्तृतमा पढ्नुस्

  • ​३२ वर्षीया आमा र २ वर्षीया छोरी दुवै मृत भेटिए

    लहान : लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी आज बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्।   मृत्युका कारण खुल्न सकेको छैन। यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आमाछोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृतकका पति फिरता मुसहर एकहप्ता पहिला नै वैदेशिक रोजगारीबाट घर फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • ​पोहरदेखिको परीक्षण पूरा अब देशभर ‘स्मार्ट कार्ड’

    ​पोहरदेखिको परीक्षण पूरा अब देशभर ‘स्मार्ट कार्ड’

    काठमाडौँ : यातायात व्यवस्था विभाग कार्यालयले आगामी मङ्सिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ।   गत मङ्सिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको सो प्रणाली एक वर्षभित्र बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए। एसियाली विकास बैङ्क (एडिबी)को आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्षभित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच गोवामा के भयो छलफल?

    प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच गोवामा के भयो छलफल?

    कृष्ण अधिकारी  गोवा (भारत) : प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आइतबार अबेर भेटवार्ता भएको छ। ब्रिक्स-बिमिस्टेक सम्मेलनमा सहभागि हुन गोवा पुगेका दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच साइडलाइन वार्ता भएको हो। होटलमा लिलामा भएको भेटमा आपसी हितका विषयमा छलफल भएको थियो।   ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा वार्ता अबेर सुरु भएको थियो। भेटमा यसअघि दाहालको राजकीय…

    विस्तृतमा पढ्नुस्

  • सिजनमै सुख्खा लाग्यो ठमेललाई

    सिजनमै सुख्खा लाग्यो ठमेललाई

    काठमाडौँ : मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन्।   विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन्।   राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार र गुणस्तरको अभाव तथा मुलुकमा सिर्जित विभिन्नखाले विपत्तिका कारण पर्यटकको आवागमन कम भएकाले ठमेल क्षेत्रमा असर परेको व्यवसायी बताउँछन्।  …

    विस्तृतमा पढ्नुस्

  • ढोरपाटनमा छिरे विदेशी सिकारी, ११ नाउर र ५ झारल मार्न पाइने

    ढोरपाटनमा छिरे विदेशी सिकारी, ११ नाउर र ५ झारल मार्न पाइने

    बागलुङ : ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ। विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन्।   असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र ५ झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ।   विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन्। हिमालयन सफारी प्रालिले पठाएका…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेट विस्तार गर्न प्रवासी नेपालीले जुटाए ५० लाख

    इन्टरनेट विस्तार गर्न प्रवासी नेपालीले जुटाए ५० लाख

    बाबियाचौर (म्याग्दी) : पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन्।   म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन्। देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष चक्र थापाले जानकारी दिए।  …

    विस्तृतमा पढ्नुस्

  • इलाममा घरेलु चियाको माग विदेशसम्मै, अर्गानिक उत्पादनले उद्यमी मालामाल

    इलाममा घरेलु चियाको माग विदेशसम्मै, अर्गानिक उत्पादनले उद्यमी मालामाल

    इलाम :  घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ।   अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगमा समेत वृद्धि भएको हो। यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन्।   मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो २५० देखि २८० रूपैयाँमा खरिद…

    विस्तृतमा पढ्नुस्

  • ​बिरामी बोकेको एम्बुलेन्सले हान्दा तीन घाइते

    इनरुवा : सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट आज तीनजना घाइते भएका छन्।   रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च ९२५७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा  चिमडी–९ का राजकुमार चौधरी, जिवस चौधरी र मोहन चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।   घाइतेमध्ये राजकुमारको अवस्था गम्भीर रहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज…

    विस्तृतमा पढ्नुस्

  • एमाले महासचिव पोखरेल अस्ट्रेलियातिर

    काठमाडौँ : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल अस्ट्रेलिया गएका छन्।  एमालेको प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले सिडनी, मेलबर्न र ब्रिसबेनमा आयोजना गर्ने पर्यटन मेलामा शुक्रबार राति उनी त्यता लागेको उनका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए। महासचिव पोखरेलले पर्यटन मेलाको उद्घाटन गर्ने कार्यक्रम छ। यही असोज २९ गते सो मेला सुरु हुँदैछ। उनले  मेलवबर्न र ब्रिसबेनमा आयोजना हुने विभिन्न कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell