PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

लोकमानमाथि महाभियोग प्रक्रिया अघि बढेपछि अख्तियारको काबा प्रमुखमा बस्न्यात



रासस

लोकमानमाथि महाभियोग प्रक्रिया अघि बढेपछि अख्तियारको काबा प्रमुखमा बस्न्यात

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बनेका छन्।
 
प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यातले कार्यबाहकको जिम्मेवारी सम्हालेका हुन्।आयोगका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्थाबमोजिम सो निर्णय भएको बताए। आयोगमा हाल पाँच आयुक्त छन्।
 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का १५७ सांसदले बुधबार महाभियोगको प्रस्ताव दर्ता गरेका थिए। सो प्रस्ताव आजको संसद् बैठकमा पेस गर्ने योजना थियो। तर संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
 
नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा 'संवैधानिक निकायका प्रमुख वा पदाधिकारीले महाभियोग कारबाही प्रारम्भ भएपछि टुङ्गो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउनेछैन' भन्ने व्यवस्था छ ।
 
महाभियोगको प्रस्तावलाई संसदमा तत्काल कायम रहेका सदस्य सङ्ख्याको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell