PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

मुस्ताङमा 'स्थानीय चुनाव', गाउँलेले चुने आफ्नो नेता



रासस

मुस्ताङ : लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएको अवस्थामा यहाँका गाउँलेले भने हालै निर्वाचन प्रक्रियाबाट आफ्नो गाउँको नेता आफैंले चुनेका छन्।
 
थाकका पाँच गाउँअन्तर्गत जोमसोम, ठिनी, स्याङ, मार्फा, छैरो र चिमाङका स्थानीयले निर्वाचन प्रक्रियाबाटै आसबहादुर थकालीलाई गाउँको नेता चुनेका हुन्।
  
पाँच गाउँका स्थानीयले आफ्नो नेतामार्फत नै गाउँमा हुने झै–झगडा मिलान, प्राकृतिक सम्पदाको बाँडफाँडदेखि सरकारी कामकारबाही गर्ने गर्दछन्। पाँचवटै गाउँका स्थानीयको आम भेलाबाट थकालीको अध्यक्षतामा १९ सदस्यीय गाउँ कार्य समिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा सुनिता थकाली, सचिवमा कर्ण थकाली, सहसचिवमा श्यामप्रसाद लालचन रहेका छन्।
 
सदस्यमा महेन्द्र थकाली, झीनबहादुर थकाली, सुमित्रा थकाली, कुल थकाली, धनबहादुर थकाली, मदन थकाली, मनकुमारी लामा, चन्द्रबहादुर थकाली, कृष्ण थकाली, आइता थकाली, जेम्स हीराचन, सूर्यमान लालचन, चन्द्रकुमारी हीराचन र फूलमति ज्वारचन रहेका छन्।
 
समितिमा पाँचवटै गाउँका गाउँ मुखिया पदेन सदस्य रहने व्यवस्था छ। गाउँका आइपर्ने सबै किसिमका समस्या र सरकारी सेवा सुविधाका बारेमा वकालत गर्ने जिम्मा समितिको हुने अध्यक्ष थकालीले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell