PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

प्रधानमन्त्रीलाई एमाले सचिवको चुनौति : कि चुनाव गर कि पद छाड



रासस

दमौली : नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव गर्न नसके तत्काल पद छाड्नुपर्ने बताएका छन्। 

एमाले व्यास नगर कमिटीद्वारा दसैँतिहार, छठ र नेपाल संवत्का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा नेता भट्टराईले भने, “कि चुनाव गर कि पद छाड ।” 

सचिव भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई तत्काल राजीनामा दिन सुझावसमेत दिए। कार्कीले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै साना माछा अर्थात् साना कर्मचारीलाई मात्रै कारबाही गर्ने गरेको आरोप पनि लगाए। 

कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सल्लाहकार कमिटीका सदस्य एकबहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, व्यास नगर कमिटीका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठ लगायतले मुलुकभित्रको समस्या समाधान गर्न एमालेले पहल थाल्नुपर्नेमा जोड दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell