काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ।
माओवादी केन्द्रीय कार्यालयको आजको बैठकले व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष तथा दल नेता प्रचण्डलाई दिने निर्णय गरेको छ। रासस