PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

​३२ वर्षीया आमा र २ वर्षीया छोरी दुवै मृत भेटिए



रासस

लहान : लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी आज बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका छन्।
 
मृत्युका कारण खुल्न सकेको छैन। यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। आमाछोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृतकका पति फिरता मुसहर एकहप्ता पहिला नै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell