तम्घास (गुल्मी) : गुल्मीको पुर्कोटदह गाविसमा सुत्केरी आमाको मृत्युपछि दुई छोरी किरिया बसेका छन्। पुर्कोट दह– १ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गा कुमारीको मृत्यु भएपछि किरियामा बसेका दुई छोरीले दागबत्ती पनि दिएका थिए। कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गा कुमारी २३ गतेदेखि बिरामी परेकी थिइन्। मङ्सिर ३ गते उपचारको क्रममा उनको मृत्यु भएको थियो। ‘प्रसूति…
पर्सा : सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सबैलाई समान अधिकार नदिएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताएका छन्। सङ्घीय समाजवादी फोरम पर्साले आज अयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधानलाई संशोधन गरी सर्वस्वीकार्य नबनाएसम्म संविधान कार्यान्वयन हुन नसक्ने बताए। केही वर्ग र जातलार्ई मात्र अधिकार सम्पन्न बनाएको वर्तमान संविधानलाई संशोधन गरी मधेसी, महिला, मुस्लिम,…
ललितपुर : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने तीन दलको बैठकमा आफूले राष्ट्रहितका पक्षमा नै अडान लिने बताएका छन्। नेकपा (एमाले) प्रदेश नम्बर ३ सङ्गठन विभागले यहाँ आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका लागि प्रशिक्षण कार्यक्रम’ मा सम्बोधन गर्दै उनले भने, 'तीन करोड नेपालीको साझा मुलुक भएकाले ‘फलानाजी’ मान्नुभएन भन्दैमा एमाले संशोधनका लागि सहमत हुँदैन।' मित्रताका नाममा देशलाई कुठाराघात…
काठमाडौँ : नेकपा (माओवादी क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले अहिलेको संविधानले कसैको पनि उचित सम्बोड्ढन गर्न नसकेकाले संशोधन होइन खारेज गर्नुपर्ने बताएका छन्। आज काठमाडौँमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘विस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तर्क्रियामा उनले शान्ति सम्झौता गलत ढङ्गबाट भएको भन्दै यसमा हालको माओवादी केन्द्रको मात्र दोष भएको र सम्झौताले जनता र क्रान्तिकारीहरुलाई धोका दिएको आरोप…
नारायण ढुंगाना - चितवन : हेटौँडाका एक मूर्तिकारले चित्रवन नगरपालिकामा रहेको ऐतिहासिक रानीपोखरीमा सुन्दर युवती (रानी) पानीमा नुहाएर लामो कपाल फिजाई निस्कँदै गरेको दृश्य विशाल ढुङ्गामा उतारे। “विगतमा यो पोखरीमा रानी थिइन् होला, रानीले पौडी पनि खेल्थिन् होला, रमाउँथिन् होला,” रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङले कलाकारको भनाइ उद्धृत गर्दै भने – “त्यही उतार्छु भनेर ढुङ्गा खोप्न थाल्नुभयो,…
भक्तपुर : गत कात्तिक २५ गतेदेखि सुरु भएको भूकम्पपीडित आवास पुनःनिर्माण अनुदान सम्झौताबाट वञ्चित हुनेको गुनासो बढेको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना एकाइ कार्यालयले स्थानीय निकाय मार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न सुरु गरेको एक साताका अवधिमा दुई हजार ५७ जनाले अनुदान सम्झौता गर्न नपाएको भन्दै गुनासो दर्ता गराएका छन्। भूकम्पीय…
लहान : सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ। घरघरमा शौचालयको पहुँच पुर्या।एर खुल्ला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २२ वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय…
रत्ननगर (चितवन) : स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चार जनाले ज्यान गुमाएका छन्। कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो। 'कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी…
रत्ननगर (चितवन) : चितवनमा डेङ्गु तथा स्क्रब टाइफसको सङ्क्रमण बढिरहेका बेला यहाँ कीटजन्य रोगको अवस्था पत्ता लगाउन विज्ञद्वारा अध्ययन थालिएको छ। चितवनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने पटिहानीमा यसको अध्ययन (भेक्टर सर्भे) थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ। जिल्लामा कीटजन्य रोग बढ्दो छ । 'तीन दिनदेखि यहाँ कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन भइरहेको छ', कार्यालयका कीट…
नवलपरासी : पूर्व—पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा भएको सवारी दुर्घटनामा परी १८ जना घाइते भएका छन्। ना ६ ख ३९१८ नम्बरको ट्रक, ना ४ ख ६०८२ नम्बरको बस, लु १ ख ७४३८ नम्बरको बस र यु पी ५७ ५२७८ नम्बरको भारतीय ट्रक एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो। सबै घाइतेको अवस्था सामान्य छ। घाइतेको चितवन भरतपुरस्थित सिएमसी मेडिकल…
काठमाडौँ : सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार आयुक्तको नियुक्ति संविधानले तोकेको योग्यतानुसार नभएको भन्दै आज रिट निवेदन दायर भएको छ । अधिवक्ता दक्षबहादुर क्षेत्रीले आयोगका आयुक्त दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी र सावित्री थापा गुरुङको नियुक्ति कानुनसम्मत नभएको भन्दै निवेदन दायर गरेका हुन्। रिट निवेदनमा संविधानले तोकेको कानुन, राजस्व, लेखा सङ्कायमा २० वर्षको योग्यता हुनुपर्ने उल्लेख भएको…
काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक सवारीमा छोडिएका २१ लाख ६४ हजार मूल्य बराबरको सामान फेला पारेको छ। महाशाखाले साउनदेखि कात्तिकसम्म हराएको सामानको उजुरीको आधारमा खोज अनुसन्धान गर्दा उक्त रकम बराबरको सामान फेला पारेको हो। महाशाखामा परेको ७६ निवेदनमध्ये ६१ सामग्री उक्त मूल्य बराबरको फेला पारिएको महाशाखाका प्रहरी नायब उपरीक्षक सविन प्रधानले जानकारी…
रामपुर (पाल्पा) : सरकारले उपलब्ध गराउने छात्रवृत्ति नियमित रुपमा उपलब्ध नगराएका कारण विद्यार्थी विद्यालय छाड्न बाध्य भएका छन्। देउराली गाविसको रैनादेवी प्राथमिक विद्यालयले नियमित रुपमा वितरण गर्ने छात्रवृत्ति आफूहरुले नियमित रुपमा नपाएपछि नजिकको विद्यालय छाड्न परेको अभिभावक बताउँछन्। गरिब तथा विपन्न वर्ग र दलित बालबालिकालाई शिक्षाप्रति आकर्षण गर्ने उद्देश्यले सरकारले वार्षिक रुपमा रु ४ सय छात्रवृत्ति स्वरुप उपलब्ध…
काठमाडौँ : सधैंभरि अरुको फोटो खिचेर समाचारमार्फत प्रकाशन र प्रशारण गर्न लागिपर्ने फोटो पत्रकार यसपटक आफैँ बागमती सरसफाइमा जुटे। हरेक शनिबार आयोजना हुने बागमती सरसफाइ कार्यक्रम अन्तर्गत १८३औँ हप्तामा चलिरहेको सरसफाइमा सहभागी हुन राष्ट्रिय फोटो पत्रकार समूहको आह्वानमा विभिन्न सञ्चारमाध्यम तथा स्वतन्त्र रुपमा फोटो पत्रकारिता गर्ने करिब दुई दर्जन फोटो पत्रकार बागमती सरसफाइका लागि पुगेका थिए। उनीहरुले पशुपतिको…
काठमाडौं : सरकारले तराई–मधेस र थरुहट आन्दोलनका क्रममा लागेका जम्मा २०८ मुद्दामध्ये ७४ मुद्दा प्रचलित कानुनबमोजिम मुद्दा नचल्ने गरी सम्बन्धित निकायबाट निर्णय भएको जनाएको छ। यसबाहेक २२ मुद्दामा पूर्णसफाइ भइसकेको र पाँच मुद्दामा प्रचलित कानुनबमोजिम कागज मात्र गराई छोडिएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। त्यस्तै १३ मुद्दाको फर्छ्यौट भएको र बाँकी ९४ मुद्दा फर्छ्यौट सम्बन्धमा आवश्यक कारबाही…
मुगु : मुगु जिल्लालाई स्थानीय तह पुनर्संरचना गर्दा प्रमुख दलले आफ्नो समस्या ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाउँपालिकामा सहमति गरेको भन्दै यहाँको एक इलाकाका बासिन्दाले आफ्नो क्षेत्रमा राजनीतिक दललाई प्रवेश निषेधसम्मको घोषणा गरेका छन्। आयोगले गत कात्तिक २० गतेभित्र सबै जिल्लालाई स्थानीय तह पुनर्संरचना निर्देशिकाले तोकेको मापदण्डमा आधारित रही जिल्लामा मापदण्ड पुगेका गाउँपालिका र नगरपालिका सिफारिस गर्न भने…
मुगु : कात्तिके मह निकाल्ने बेला भालु आएर खाइदिन थालेपछि जिल्ला रारा गाविस–८ स्थित मुर्मा गाउँका कृषक हैरान भएका छन्। मौरीका घार भालुले फोरेर खाइदिन थालेपछि कृषक हैरान भएका हुन्। स्थानीय मह व्यवसायी धनसिंह रोकायाका अनुसार एक सातायता जङ्गली भालुले गाउँका डबलबहादुर रोकायाका दुई घार, लोगबहादुर रोकायाका छ घार, रत्नवीर रोकायाका छ घार, लोकबहादुर रोकायाका छ घार र रणबहादुर…
खोटाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको मस्यौदा प्रक्रिया सम्बन्धित मन्त्रालयका सचिव र सरकारमा सामेल नेताहरुलाई राखेर अघि बढाइने बताएका छन्। मध्यपहाडी लोकमार्गको निरीक्षणका लागि खोटाङ आएका प्रधानमन्त्री दाहालले सदरमुकाम दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर निर्वाचनमा जानेमा सरकार केन्द्रित रहेको स्पष्ट पारे। 'ड्राफ्टको प्रक्रियाको सुरुआत हिजो बेलुकादेखि मात्रै सुरु गरेका छौँ,' उनले भने,…
काठमाडौं : सरकारले यस वर्षको ७ महिनामा विभिन्न १९ वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति प्रदान गरेको छ। ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विकास विभागले तत्काल निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दै ८४८ मेगावाट क्षमताका ती आयोजनालाई उत्पादनको अनुमति दिएको हो। अनुमति पाउने आयोजनामा धादिङमा आयोजनास्थल रहेको त्रिशूलीगल्छी आयोजना लगायत छन्। सिद्धकाली पावरले निर्माण गर्ने सो आयोजनाको क्षमता ७५…
बेनी (म्याग्दी) : म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घरपरिवार बाँदर र दुम्सीको आतङ्क सहन नसकेपछि गाउँ नै छोडेर हिँड्न बाध्य भएका छन्। जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान र हरि किसानको परिवार गाउँबाट विस्थापित भएका हुन्। वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य सूर्यले बताए। बाली जोगाउन लरेनीवासीले रातको समयमा…