PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

  • बुटवलमा आन्दोलित व्यवसायी भन्छन्- 'पहाड र तराईबीच घिउ-नुनको सम्बन्ध तोड्न खोजियो'

    बुटवलमा आन्दोलित व्यवसायी भन्छन्- 'पहाड र तराईबीच घिउ-नुनको सम्बन्ध तोड्न खोजियो'

    बुटवल : सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने मागसहित आज बुटवलका उद्योगी व्यवसायीले जुलुस गरेका छन्।   जिल्लास्थित व्यवसायी सञ्जालको नेतृत्वमा बुटवलको राजमार्ग चौराहा, बसपार्क र पुष्पलाल पार्कलगायतका स्थानबाट जुलुस निस्किएको थियो। उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निजी शिक्षण संस्था सञ्चालकहरु राष्ट्रिय झन्डासहित प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले प्रदेश नं. ५ लाई विभाजन गरेर…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका तीन जिल्लाबाट १ सय ४१ जना बेपत्ता

    कञ्चनपुर : भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन्।   निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा गएका व्यक्ति बेपत्ता भएको पाएको हो।   'भारतमा मजदुरी गर्न गएकाका परिवारसँगको प्रत्यक्ष भेटघाटका क्रममा अछामका २२, डोटीका ९९ र कञ्चनपुरका २० जना गरी एकसय ४१ जना बेपत्ता भएको पाइएको छ,' निड्सका…

    विस्तृतमा पढ्नुस्

  • एक दशकमा पनि किन बनेन मूलपानी क्रिकेट मैदान? यस्तो छ नालीबेली

    एक दशकमा पनि किन बनेन मूलपानी क्रिकेट मैदान? यस्तो छ नालीबेली

    दीपेन्द्र सापकोटा काठमाडौँ : हुन त अहिले नेपालमा फुटबलको माहोल छ। नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको छ। यसर्थ अहिले बजारमा फुटबलको चर्चा छ।   नेपालमा फुटबल सबैभन्दा लोकप्रिय खेल पनि हो। फुटबलको चर्चा हुँदै गर्दा अर्को लोकप्रिय खेल क्रिकेटको चर्चा अहिले कम भएकै हो। नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि–ट्वान्टी विश्वकप खेलिसकेको…

    विस्तृतमा पढ्नुस्

  • एमालेले भन्यो - सं‌विधान सं‌शोधन विधेयक तत्काल फिर्ता गर, आन्दोलन शान्तिपूर्ण बनाउन निर्देशन

    एमालेले भन्यो - सं‌विधान सं‌शोधन विधेयक तत्काल फिर्ता गर, आन्दोलन शान्तिपूर्ण बनाउन निर्देशन

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले संसद्–सचिवालयमा मङ्गलबार दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन आग्रह गरेको छ।  पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यता र महासचिव ईश्वर पोखरेलको आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले संविधानकोे उल्लङ्घन, अदालतको अपहेलना र जनतालाई विभाजन गर्ने गरी विधेयक प्रस्तुत भएको आरोप लगाउँदै तत्काल विधेयक फिर्ता लिन माग गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्- सबैलाई मिलाएर लैजानुस्

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्।  राष्ट्रपति भवन शीतल निवासमा आज उनीहरुबीच भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएकी थिइन्।  राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।  पछिल्लो राजनीतिक परिस्थितिका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • सुत्केरीको मृत्यु भएपछि कोसी अञ्चल अस्पतालमा तनाव

    विराटनगर : चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।   मङ्सिर १२ गते भर्ना भएकी विराटनगर–११ स्थित हाटखोला बस्ने २२ वर्षीया कमला लुइँटेल, अधिकारीको १३ गते शल्यक्रिया गरिएको र सो क्रममा नशा काटिएकाले मृत्यु भएको पीडित परिवारको आरोप छ।   मङ्गलबार सुत्केरीको अवस्था जटिल भएपछि अस्पतालले धरानस्थित…

    विस्तृतमा पढ्नुस्

  • १२ वटा साइकल फेरिसकेका ९२ वर्षीय वृद्ध भन्छन्- 'साइकल मेरो साथी हो, कुदाइरहन्छु'

    पथरी (मोरङ) : ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला?   तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनुहुन्छ- लौरोको साहारामा भित्रबाहिर गर्छ। अथवा छोरा वा नातिको साहारामा बाँचिरहेको हुन्छ।   तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ। वृद्ध सुनाम एक अपवाद वृद्ध भएर ऊर्जाशील जीवन बाँचिरहेका छन्।   आफ्नो जीवनको उत्तरार्धमा दैनिक जीवनमा आइपर्ने घरायसी…

    विस्तृतमा पढ्नुस्

  • दुलही लिएर फर्केको जन्ती जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

    डोटी : डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।  डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।  दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् रामदेवको शिविरमा देउवादेखि आइजिपी र मन्त्रीहरुसमेत

    फोटोमा हेर्नुस् रामदेवको शिविरमा देउवादेखि आइजिपी र मन्त्रीहरुसमेत

    भारतीय योगगुरु रामदेवको वीरगञ्ज आदर्शनगर रङ्गशालामा भएको योग विज्ञान शिविरमा आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल र सिँचाइमन्त्री दीपक गिरीलगायत सहभागी भए।   

    विस्तृतमा पढ्नुस्

  • डा. गोविन्द केसीको अनसन १४ औँ दिनमा, पहिलो वार्ता बिना निश्कर्ष टुङ्गियो

    काठमाडौँ : सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज बिहानदेखि भइरहेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिनुभयो । तर वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन । अरु विषयमा सहमति नजिक रहेपनि त्रिवि उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनलाई बर्खास्ती गर्ने विषयमा कुरा…

    विस्तृतमा पढ्नुस्

  • गोइत समूह फेरि सक्रिय, सप्तरीको जिप्रकामा राखियो प्रेसर कुकर बम

    राजविराज : जिल्ला प्रशासन कार्यालय सप्तरीमा आज फेला परेको प्रेसरकुकर बम निष्क्रिय पारिएको छ ।  कृष्णगण दल राजविराजका सहसेनानी आशिष तामाङ नेतृत्वमा गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिपट्टि प्रेसरकुकर बम फेला परेको थियो ।  यसैबीच जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी)ले उक्त बम राखेको जिम्मा लिएको छ । रासस 

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाका लागि भिसा सेन्टर काठमाडौंमै राख्न परराष्ट्रमन्त्रीको आग्रह

    अस्ट्रेलियाका लागि भिसा सेन्टर काठमाडौंमै राख्न परराष्ट्रमन्त्रीको आग्रह

    क्यानबेरा (अस्ट्रेलिया) : परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अस्ट्रेलियाली विदेशमन्त्री जुलिया बिसपबीच बिहीबार अस्ट्रेलियाली राजधानी क्यानबेरामा भेटवार्ता भएको छ।   भेटका क्रममा परराष्ट्रमन्त्री डा महतले नेपालको आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा अस्ट्रेलिया सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए। साथै, गत वर्ष नेपालमा आएको भूकम्पपछिको उद्धार र सहायताका लागि पुर्‍याएको सहयोगका लागि पनि मन्त्रीले अस्ट्रेलियाली सरकार र नागरिकप्रति धन्यवाद दिएका…

    विस्तृतमा पढ्नुस्

  • अन्तरजातीय बिहे गरेकी महिला तीन महिनादेखि गायब, माइती पक्षले गर्‍यो हत्याको आशंका

    पाल्पा : अन्तर्जातीय विवाह गरेकी २४ वर्षीय बिन्दु पुलामी करिब तीन महिनादेखि बेपता भएकी छन्। गत दसैँदेखि बेपत्ता हुँदासमेत श्रीमान् र घरपरिवारले बेवास्ता गरेको माइती पक्षको आरोप छ।   माइती पक्षले खोजी गरी पाऊँ भनी प्रहरीसमक्ष निवेदन दिएपछि घटना सार्वजनिक भएको हो। हेक्लाङ गाविस–६ की पुलामीको ताहुँ गाविस–७ का २५ वर्षीय दीपेन्द्र बस्यालसँग २०६९ सालमा अन्तर्जातीय विवाह भएको थियो।  …

    विस्तृतमा पढ्नुस्

  • आगलागीपछि थलिएको भोजपुर सदरमुकाम जोखिममा

    आगलागीपछि थलिएको भोजपुर सदरमुकाम जोखिममा

    भोजपुर : लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यति बेला जोखिममा परेको छ। घरहरु ध्वस्त भएका, चिरिएका, बाङ्गिएका, ढल्किएका अनि पुराना र छियाछिया भएका छन्। अधिकांश कच्ची घर भएको भोजपुर सदरमुकाम भूकम्पले थिलथिलो र आगलागीले ध्वस्त भएपछि सदरमुकाम नै जोखिममा परेको हो।   उत्तरमा पानीट्याङ्की, दक्षिणमा विद्योदय मावि, पूर्वमा पोखरे र पश्चिममा कोदार र देउरालीबाट सुरु हुने भोजपुर सदरमुकाम डाँडामा रहेको…

    विस्तृतमा पढ्नुस्

  • जर्मन ध्वजावाहक लुफ्थान्साका विमान चालकको हडताल, नौ सय उडान रद्द

    जर्मन ध्वजावाहक लुफ्थान्साका विमान चालकको हडताल, नौ सय उडान रद्द

    बर्लिन : जर्मन ध्वजावाहक लुफ्थान्साले विमान चालकको हडतालका कारण बिहीबारका लागि तय भएका ९१२ वटा उडान रद्द गरेको बुधबार एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ।  बिहीबारका लागि तय भएका यी विमान उडान प्रभावित हुँदा करिब एक लाख १५ हजार हवाई यात्रु प्रभावित बन्ने लुफ्थान्साले जनाएको छ।  लुफ्थान्सा विमान कम्पनीमा कार्यरत विमान चालकले आफ्ना पारिश्रमिक र काम गर्ने समयबारे विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • नेपाल, भारत र ब‍ंगलादेशसँग भएको क्षेत्रीय यातायात सम्झौता भुटानी स‍ंसदद्वारा अस्वीकृत

    नेपाल, भारत र ब‍ंगलादेशसँग भएको क्षेत्रीय यातायात सम्झौता भुटानी स‍ंसदद्वारा अस्वीकृत

    थिम्पु : भुटानको राष्ट्रिय परिषद (माथिल्लो सदन)ले भुटान बङ्गलादेश, भारत र नेपालबीच भएको क्षेत्रीय यातायात सम्झौता अस्विकृत गरेको छ।  वातावरणीय प्रदुषण र सुरक्षा चुनौतीको चिन्ता व्यक्त गर्दै भुटानले बङ्गलादेश, भुटान, भारत र नेपालको सहभागीता रहेको बिबिआइएन नामक दिइएको यो सम्झौता माथिल्लो सदनले अस्वीकृत गरेको हो।  भुटानको माथिल्लो सदनमा कुल २५ जना सांसदहरु मध्ये २० जना मात्र उक्त मतदानमा सहभागी रहेका…

    विस्तृतमा पढ्नुस्

  • २० लाख धरौटी लिएर सशस्त्रका पूर्व एआइजीपी भट्टराईलाई रिहा गर्ने आदेश

    काठमाडौँ : विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराईलाई आज धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।  न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले रु २० लाख बुझाएर उनलाई रिहा गर्न आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईलाई मङ्गलबार रु एक करोड ९१ लाख भ्रष्टाचारको दाबीसहित मुद्दा दायर गरेको थियो। रासस 

    विस्तृतमा पढ्नुस्

  • ओरालोमा ब्रेकफेल, बुटवल-तम्घास जाँदै गरेको माइक्रोबसका एक यात्रुको मृत्यु, ११ घाइते

    पाल्पा : अर्गली गाविस–९, कमलपोखरी नजिकै आज साँझ भएको माइक्रोबस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  गुल्मी मुसीकोटका ५२ वर्षीय वसन्तबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको लु १ ज २४४८ नं को माइक्रोबस दुर्घटना हुँदा दुर्घटनामा ११ यात्रु घाइते भएका छन्। ओरालोमा ‘ब्रेकफेल’ हुँदा माइक्रोबस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइेतको तानसेनस्थित लुम्बिनी मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • छोरी हत्याको अभियोगमा थुनामा रहेकी धनाले त्यहीँ जन्माइन् छोरी, जेलरले गरे सहयोगको आह्वान

    छोरी हत्याको अभियोगमा थुनामा रहेकी धनाले त्यहीँ जन्माइन् छोरी, जेलरले गरे सहयोगको आह्वान

    लिवाङ : सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी एक महिलाले आज छोरी जन्माएकी छिन्।  खुमेल–५ रोल्पाकी २९ वर्षीया धना बुढाथोकीले बन्दीगृहमै आज बिहान छोरी जन्माएको प्रहरी सहायक निरीक्षक कुलबबहादुर रावतले जानकारी दिए।  उनका अनुसार गत असोज २५ गते दशैँको टीकाको दिनमा आफैँले जन्माएको सात वर्षीया छोरीलाई लाठीले हिर्काएर हत्या गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा छिन्।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको निर्णय लत्याउँदै चिकित्सक, भन्छन्- 'हचुवाको भरमा निर्देशन मान्दैनौं'

    स्वास्थ्य मन्त्रालयको निर्णय लत्याउँदै चिकित्सक, भन्छन्- 'हचुवाको भरमा निर्देशन मान्दैनौं'

    काठमाडौँ : सरकारी अस्पतालमा बहिरङ्ग लगायतका सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन गर्न चिकित्सकहरुले नै अटेर गरेका छन्।   मन्त्रालयले अतिरिक्त सेवाका लागि चिकित्सकलाई थप सुविधाको व्यवस्था नगरी हचुवाका भरमा यस्तो सूचना निकालेको सरकारी चिकित्सक सङ्घ नेपालले आरोप लगाएको छ।   विज्ञप्ति जारी गर्दै सङ्घका महासचिव डा विष्णुरथ गिरीले अन्य सरकारी कार्यालय जस्तै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell