PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भनिन्- सबैलाई मिलाएर लैजानुस्



रासस

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा आज उनीहरुबीच भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक दललाई मिलाएर लैजान सुझाव दिएकी थिइन्। 

राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घन्टा भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

पछिल्लो राजनीतिक परिस्थितिका विषयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राजनीतिक दलका नेतासँग भेटवार्ता गर्दै आएकी छिन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell