सिन्धुली : खोटाङको हलेसीमा दर्शन गर्न हिडेका तिर्थालु चढेको स्कार्पियो जीप सिन्धुलीको रत्नावती गाविस– ३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा सातजनाको मृत्यु भएको छ । रत्नावती– ३ सोकु खोला मध्यपहाडी लोकमार्गस्थित काठमाडौबाट हलेसीतर्फ जाँदै गरेको बा १२ च ८८९७ नंको स्कार्पियो गाडी सडकबाट २ सय फिट तल सुनकोसी नदीमा खसेको हो। सिन्धुपाल्चोकका स्थानीयले दुईवटा स्कार्पियो जिप लिएर खोटाङको हलेसीमा दर्शन गर्न…
बेनी : मुस्ताङको उपल्लो क्षेत्रको घमी गाविस ढाकरमा आज हिमपहिरोपछि बाढी आउँदा आठवटा काठेपुल बगाएको छ। हिमपहिरोका कारण जोमसोम–कोरला राजमार्ग अवरुद्ध बनेको छ। नजिकैको हिमालबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जितेन्द्र बलामीले जानकारी दिनुभयो। घमीलगायत उपल्लो मुस्ताङको छवटा गाविसका बासिन्दा जाडो छल्न बेशी झरेका छन् । त्यहाँ रहेको अस्थायी प्रहरी विटसमेत चर्राङको तल्लो क्षेत्रमा…
काठमाडौँ : रानीपोखरीमा रहेको माछा अन्यत्र सार्ने काम सकेसँगै अब पोखरी सफाइको काम सुरु हुँदै छ। गत मङ्गलबारदेखि रानीपोखरीमा रहेका सबै माछा कमलपोखरीमा सारिसकिएको हुँदा अब तत्काल पोखरी सफा गर्ने काम सुरु गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ। निर्माण भएयता वर्षदेखि पोखरी सफा गरिएको छैन। अहिले पोखरी वरपर पर्खाल निर्माण लगाउने काम भइरहेको छ। २०७२ वैशाख १२ को भूकम्पका…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले गरेको कवुलियत अनुसार संविधान संशोधन प्रस्ताव आएको दावी गरेका छन्। ओलीले आफू नझुक्दा प्रधानमन्त्रीबाट हट्नुपरेको दावी समेत गरे। अखिल नेपाल बुद्धिजीवी सङ्घको कार्यक्रममा बोल्दै उनले संविधान संशोधन विधेयकले राष्ट्रिय हितलाई भविष्यमा खतरामा पार्ने भएकाले संसद्बाट पास हुन नदिने बताए। 'विधेयकका कुनै पनि बुँदा समर्थन…
म्याग्दी : म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सकिएर विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए । सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख…
काठमाडौँ : सर्वोच्च अदालतले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको छ। न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिल सिह्नाको संयुक्त इजालासले सार्वजनिक यातायातमा देखिएको आलोपालो प्रणाली रोक्न सरकारको नाममा परमादेश जारी गरेको हो। सार्वजनिक यातायातमा आलोपालो प्रणालीका कारण मनपरी भाडा, गुणस्तरहीन सेवा र अनियमितता लगायत छानबिन गर्न परमादेशमा भनिएको छ। उपभोक्ता हित संरक्षण…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई र तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भेट भएको हो। भेटमा संविधान संशोधन र निर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। रासस
झापा : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिले संविधान संशोधन गर्ने समय नभएको बताएका छन्। आज बिर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए। उनले संविधान संशोधनको मुद्दा उठाएर सरकारले ‘कुबेला सहनाई बजाउने’ काम गरेको धारणा राखे। अहिले संसद्मा दर्ता संविधान संशोधनको प्रस्तावमाथि छलफल गर्ने अवसर एमालेले किन नदिएको…
काठमाडौँ : राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा प्राकृतिक स्रोत साधनमाथि गरिएको भनिएको अतिक्रमणको विरोधमा कार्यगत एकता गरी संयुक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरिएको तीनै दलका नेतृत्वले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। …
काठमाडौँ :सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सनसनीपूर्ण समाचारको पछि नलाग्न सरकारी सञ्चारमाध्यमलाई निर्देशन दिएका छन्। सरकारी सञ्चारमाध्यमका कार्यकारी प्रमुख तथा समाचार प्रमुखलाई सूचना तथा सञ्चार मन्त्रालयमा निर्देशन दिँदै कार्कीले निजी क्षेत्रले नसमेटेका र चर्चामा नआएका कृषि, ग्रामीण महिलाका कष्ट, निरक्षरता जस्ता जनसरोकारका विषयलाई प्राथमिकता दिन सुझाव दिए। उनले मुलुकमा विभाजनकारी काम मात्र धेरै भएको टिप्पणी समेत गरे। रासस
काठमाडौ : महासचिव ऐन महरले निर्णय विपरीत केन्द्रीय सदस्यको कार्यविभाजनको परिपत्र जारी गरेको भन्दै अनेरास्ववियुमा विवाद भएको छ । महाधिवेशन भएको नौ महिना भइसक्दा पनि विवादका कारण अझै कार्यविभाजन भएको छैन । महासचिव महरले पार्टी परिपत्र र बैठकको निर्णय विपरीत परिपत्र जारी गरेकाले मान्य नभएको भन्दै केही पदधिकारी विरोधमा उत्रिएका हुन्। सचिव सुदेश पराजुलीले ‘पदाधिकारी बैठकमा एउटा निर्णय भएको तर…
काठमाडौँ : सरकारले तोकेकोभन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको भन्दै अखिल क्रान्तिकारीले त्रिभुवन विश्वद्यालय उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेको छ । त्रिवि र केयूको डीन कार्यालयसँगै एमबिबिएस र बिडिएस अध्ययन हुने नेपालका २७ मेडिकल कलेजमा पनि तालाबन्दी गरेको अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहले बताए । आङ्गिक कलेजलाई विस्तार गर्नुपर्ने, माथेमा आयोगले निर्धारण गरेका मापदण्ड…
रत्ननगर (चितवन) : पश्चिम चितवनको चार वटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ। पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। मङ्गलबार अभिनेता राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर सफारीको सुरुवात भएको घोषणा गरिएको थियो। आफू निकै लामो समयदेखि चितवनको पर्यटकीय क्षेत्र…
विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय मुद्दाका विषयमा मुख्य तीन दलबीच सहमति आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले मुलुकको गतिरोधलाई अन्त्य गर्नका लागि तीन दलबीच सहमति भएपछि असन्तुष्ट पक्षसँग सहमति गरेर संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए। संविधान कार्यान्वयन भएन भने राजनीतिक उपलब्धि पनि गुम्ने भएकाले सीमाङ्कन लगायतका…
बनेपा : काभ्रेपलाञ्चोकको सानोबाङथली गाविस–७ मा भएको लक्ष्मी परियारको मृत्यु प्रकरणबारे जानकारी लिन आज मानवअधिकारवादीहरुको एक टोली घटनास्थल पुगेको छ। परियारको मृत्युको विषयमा विभिन्न भनाइ बाहिर आएपछि सत्यतथ्य पत्ता लगाउन मानवअधिकारवादीहरुको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। ‘पीडितका छोराबाहेक कसैले पनि मलमूत्र खुवाएको भनेका छैनन् तर कुटपिट गरेको देख्नेले मलमूत्र…
दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन प्रक्रियामा देखिएको विवाद तीन ठूला दल मिलेर समाधान खोज्नुपर्ने बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय तनहुँको नयाँ बन्ने भवनको शिलान्यास गर्न दमौली पुगेका उनले– संविधान संशोधन विधेयक दर्ता भइसकेकाले सबै मिलेर टुङ्ग्याउनुपर्ने बताए । संविधान संशोधन दर्ता गर्दा ५ नम्बर प्रदेशमा केही तलमाथि परेको विषयलाई लिएर आन्दोलन गारिरहनुभन्दा एमालेले वार्ता र…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न गिरोहको सहयोगमा माओवादीविरुद्ध आन्दोलनको षड्यन्त्र भइरहेको दावी गरेका छन्। माओवादी केन्द्रको प्रदेश नं ३ द्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा लिपिबद्ध गरेर जनताका अधिकारलाई संस्थागत हुन नदिन केही राजनीतिक दल लागिपरेको बताए। जनताका अधिकारलाई संस्थागत हुन नदिन केहि दलले फैलाएको भ्रमलाई चिर्न जनतामा जान उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे। “अहिले…
काठमाडौँ : लोडसेडिङमुक्त अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु पाँच अर्ब ३७ करोड बजेट थप निकासा गरेको छ । ऊर्जा मन्त्रालयले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज उक्त बजेट विनियोजनसम्बन्धी निर्णय सदर गरेका हुन्। विद्युत् पोल, तार केवल, ट्रान्सफर्मर, नयाँ मिटर खरिदका लागि सो रकम खर्च गरिने उपप्रधानमन्त्री…
रमेश लम्साल - काठमाडौँ : “तपाईंलाई जन्मदिनको शुभकामना छ प्रधानमन्त्रीज्यू, संविधान कार्यान्वयन गराएर मुलुकलाई निकास दिनुहोस्, तपाईंको साथमा हामी छौँ”, प्रधानमन्त्री निवास बालुवाटारमा एकाबिहानै कालीकोटका सर्जन विकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुभकामना दिए। घाइते शरीर घिसार्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका विकलाई देख्नेबित्तिकै प्रधानमन्त्रीले सोधे, “सर्जन कमरेड कस्तो छ अवस्था?” प्रधानमन्त्रीको प्रश्नलगत्तै कम्मरमुनिको भाग नचल्ने विकले भने, ‘‘जनयुद्धका घाइतेले हालसम्म…
काठमाडौँ : नेपाल राजपत्र प्रकाशन भएको २४ घन्टाभित्र वेबसाइटमा राख्ने कामको शुभारम्भ भएको छ। मुद्रण विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल राजपत्र वेबसाइटमा राख्दै छपाइ यन्त्र ल्याएर नोट र टिकट नेपालमै छाप्ने व्यवस्था मिलाउने तयारीमा मन्त्रालय लागेको उनले जानकारी गराए। “विसं १७७० देखि १८७६ सम्मको युद्धले नेपालको अर्थतन्त्रलाई ध्वस्त बनायो, यो समयसम्म नेपालको मुद्रा…